ब्लाष्टखबर । उर्लाबारी -८ स्थित आम्बारीमा सोमबार साझ भिषण आगलागी हुदा २ घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट पवित्रा सुब्बा र नविन सुब्बाको घर जेलर नष्ट हुदाँ करिब २० लाख बराबरकाे क्षति भएकाे हुनसक्ने इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
स्थानियवासीले पवित्रा सुब्बाको घरको धुरीमा आगो देखेपछि निभाउन प्रयास गरेका थिए । मक र गौरादह बाट आएका दमकलले आगोलाई २ घण्टा पछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विघुत सर्ट भइ आगलागी भएको आशंका प्रहरीले गरेको छ ।






























