मधुमल्ला । झापाको बाहुनडाँगीदेखी पश्चिमको डढेलधुरा सम्म जोडने राष्ट्रिय गौरबको आयोजना मदन भण्डारी राजमार्गको मोरङ मिक्लाजुङ खण्डमा भएको आयोजनाको रेखाङ्कन सर्बे सच्याउन माग गर्दै डेलीगेशन टोली काठमाण्डौ पुगेको छ ।

मोरङको मिक्लाजुङ खण्डमा मानब बस्तिलाई बाइपास गरी जंगलबाटा राष्ट्रिय गौरबको आयोजान रेखाङकान भएकोमा मिक्लाजुङमा यसको व्यापक बिरोध भइरहेको छ । मदन भण्डारी राजमार्गको रेखाङुकन सच्याउन माग गर्दै मदन भण्डारी राजमार्ग संघष समितिको पहलमा आइतबार मदन भण्डारी आयोजना निर्देशनालय चाकुपाट काठमाण्डौमा आयोजना प्रमुख उमेशबिन्दु श्रेष्ठलाई जनस्तरको माग सहितको रेखाङ्कीत नक्सा समेत समावेश गरी विभागलाई ज्ञापनपत्र बुझाएको मदन भण्डारी राजमार्ग संर्घष समितिका संयोजक गंगा घिमीरेले बताए ।

प्रतिउत्तरमा आयोजना प्रमुख श्रेष्ठले जनताको माग आएको ठाउँको थप स्थलगत निरिक्षण गरी मदन भण्डारी राजमार्ग परियोजानालाई अगाडी बढाउने पहलगर्ने बताएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताए ।

मदन मार्गको रेखाङ्कन सच्याउन माग सहित काठमाण्डौ पुगेको टोलीमा कानुन मन्त्री शिबमाया तुम्बाहाम्फे, पुर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई समेत भेटर मदन मार्गको रेखाङ्कन सच्याउन पहलमा गरीदिन भनेको थिए । प्रतिउत्तरमा त्यसका लागि पहल गर्ने तुम्बाहाम्फे र नेम्वाङले बताएको मदन भण्डारी राजमार्ग संर्घष समितिका सचिब गणेश भट्टराईले बताए ।

डेलीगेशन टोलीमा मदन मण्डारी राजमार्ग पहल समितिका पदाधीकारीहरु, नेकपा मिक्लाजुङ अध्यक्ष नरेन्द्र प्रसाद ढुङ्गेल, सचिब दिनेश पौडेल, मिक्लाजजुङ गाउँपालिका वडाध्यक्षहरु नविन कार्की, खगेन्द्र मादेन, बुद्धीमान लिम्बु, मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य, मोरङ क्षेत्र नं. १ प्रदेश सभा सदस्य कुल प्रसाद साम्बा, उपेन्द्र घिमिरे, प्रतिनिधी सभा सदस्य घनश्यम खतिवडा सहितको टोली डेलीगेशनका लागि शुक्रबार मधुमल्ला बाटा काठमाण्डौ गएको थियो ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओली झापा आएको बेला मदन भण्डारी रजमार्ग संघर्ष समितिले चारहजार दुईसय स्थानीयकको हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाएको थियो ।

madan-marga2