दमक/ झापाको पूर्वि सिमानाका काँकरभिट्टामा रहेको मेचि भन्सार कार्यालयको अगाडी सडककै किनारमा हेल्थ डेक्स स्थापना गरिएको छ ।

सानो काठे घुम्तीमा केहि स्वास्थ्य कर्मीहरुलाई खटाएर कोरोना भाईरसको परिक्षण गर्न भन्दै हेल्थ डेक्स स्थापना भएको छ । हातमा तापक्रम नाप्ने यन्त्र बोकेर काँकरभिट्टा नाका भएर नेपाल फर्कने सबैको निधार अगाडी राखीन्छ । त्यो यन्त्रले कसको शरिरमा कती तापक्रम छ भन्ने कुरा देखाउँछ ।

त्यहाँ कार्यरत स्वास्थ्यकर्मी भद्रीका बिजुक्छेका अनुसार न्यूनम १ सय फरेनहाईट भन्दा कम भएकाहरुलाई सहजै जान दिइन्छ । तर त्यो भन्दा बढी आएकालाई अस्पताल जाने सल्लाह दिएर नगरपालिकालाई जानकारी गराएर छोडिने गरिन्छ ।

सडकको किनारमै रहेको घुम्तीमा कुनै बेला तापक्रम परिक्षण गर्नेहरुको लर्को झण्डै मेची पुल सम्मै पुग्छ । पर्याप्त स्वास्थ्यकर्मी नहुनु, पर्याप्त तापक्रम परिक्षण गर्ने यन्त्र र ठाउँको समेत राम्रो प्रबन्ध नभएका कारण सहजै परिक्षण गराउन नसकिएको भारतको सिलगुडीबाट फर्कनु भएका झापा सिवसताक्षीका उत्तम खतिवडाले बताए ।

तापक्रम जाँच गर्नका लागि एक घण्टा सम्म पनि लाईन बस्नु परेको उनले सुनाए । परिक्षण गर्न केहि सेकेण्ड मात्र समय लाग्ने भए पनि पर्याप्त स्वास्थ्यकर्मी , उपकरण र ठाउँको समेत अभावका कारण यस्तो समस्या आएको उनले बताए ।

पैदलयात्रीको मात्र परिक्षण
काँकरभिट्टामा सवारी चालाएर जिवीको पार्जन गर्ने जीवन प्रधानका अनुसार यस नाकाबाट सवारी साधनको माद्यमबाट नेपाल आउने यात्रुको स्वास्थ्य परिक्षण नगरिने गरिएको बताए । ब्याङय गर्दै उनले भने‘कोरोनाको संक्रमण चाहि गाडि चढ्न नसक्ने रहेछ पैदल यात्रीलाई मात्र लाग्ने हो ? ’

सवारीका साधानहरु बिना रोकछेक जाने गरेकोर हातमा झेला र काखमा नानी च्यापेर आउने सर्वसाधारणलाई मात्र लाईन लगाएर परिक्षण गराएको उनको भनाई छ । परिक्षण स्थलमा नेपाल प्रहरी, पर्यटक प्रहरी, शशस्त्र प्रहरीलाई खटाइएको भए पनि उनीहरुले पनि पैदलयात्रीलाई मात्रै बाटो छेकेर लाईन लगाउने गरेको बताए । सवारीका साधनलाई नरोकी सरासर जाने गरेको उनको भनाई छ । यसरी कसैलाई परिक्षण गर्ने कसैलाई नगर्ने गर्दा हेल्थ डेक्सको औचीत्य के रह्यो र उनले प्रश्न गरेका छन् ।

नेपालमा पास भारतमा फेल
धुलाबारी घर भएका राजु अग्रवाल भारत तर्फको परिक्षणबाट फकुर्न भयो । केहि बेर अघि मात्र नेपाल तर्फको हेल्थ डेक्समा परिक्षण गराएर भारतको पानीटंकी गएका अग्रवाल पानीटकंकीमा भारत तर्फको हेल्थ डेक्सबाट चाहि फर्कनु पर्योे । नेपाल तर्फ उनको तापक्रम मद्यम थियो ।

तर एक किलोमिटर पूर्व जाने वित्तीकै उहाँको तापक्रम बढेपछि उहाँ आफ्नो गन्तव्यमा नपुगी फर्किएका हुन । उनी भन्छन् नेपाल र भारतमा एउटै तरिकाले तापक्रम जाँज गरिएको छ । तर नेपालमा पास भारतमा फेल कसरी भयो ? उनले नेपाल वा भारत कहाँको चाहि तापक्रम नाप्ने यन्त्र गलत रिपोर्ट दिने गरेको बताए । यसरी कतै पास कतै फेल हुँदा अन्यौलता बढ्ने भन्दै एकै प्रकृतीको परिमाण देखाउने यन्त्रको प्रयोग गर्न सुझाव दिएका छन् ।

काँकभिट्टामा स्थापना गरिएको हेल्थ डेक्स सेन्टरमा ४ जना स्वास्थ्यकर्मी र ३ वटा थर्ममिटर छ । तापक्रम परिक्षणमा खटिएका स्वास्थ्यकर्मीहरु पनि उती सुरक्षीत छैनन् । उनीहरुले लगाएको पोषाक सुरक्षीत नभएका कारण कोरोनाको संक्रमीत नै यहाँ आएर परिक्षण गराउँदा उनीहरुमै संक्रमण नसर्ला भन्न सकिन्न ।

अझ यहँँ परिक्षण गराँदा न्यूनतम तापक्रम अर्थात १ सय फोरनहाईट भन्दा बढी देखिएमा के गर्ने भन्ने पनि अन्यौल छ । हेल्थ डेक्समा खटिनु भएकी भद्रीका बुजुक्छे भन्छिन, ‘बढी तापक्रम देखिएमा हामीले नगरपालिकामा खवर गर्छौ । त्यसपछिको के व्यस्थापन हुन्छ हामीलाई थाह छैन ।’

मेचि नगरनगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख शशिकला राईका अनुसार बढी तापक्रम देखिएकाहरुलाई अस्पताल जान सल्लाह दिने गरेको बताईन । सबै काम हामीले मात्र गर्न सक्ने होईन । यो अन्तराष्ट्रिय स्तरको समस्या भएकोले हाम्रो तहबाट गर्ने सम्मको काम गरेका छौ ।’ राईले भनिन् ‘हामी यो भन्दा चाहि धेरै पनि गर्न सक्दैनौ ।’

corona-v corona-virus corona 5