पथरी / इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डिएसपी दिलिपकुमार गिरीले शान्ति सुरक्षाको नाममा आवश्यक भन्दा बढी जनतालाई सास्ती दिने गरेको गुनासो बढ्दै गएको छ ।
इलाका पथरी प्रहरी प्रमुख गिरीले चोरी नियन्त्रणलगायतको शान्ति सुरक्षा भन्दा बढी मादक पदार्थ सेवन (मापसे) चेकजाँचको नाममा ‘दादा गिरी’ शैलि प्रस्तुत गर्न थालेको गुनासो बढेको हो । पथरी बजारमा दैनिक जसो हुने चेकजाँचमा डिएसपी गिरी आफै उपस्थीत हुन गरेका छन् । मापसे चेकजाँचमा आफै उभिने डिएसपी गिरीले सावारी चालकलाई गर्ने व्यवहारे ‘गुन्डा गर्दी’ शैली भएको स्थानीयले गुनासो गरेका छन् ।
प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलको पेट्रोल र व्याट्री झिकियो
हप्तादिन अघि पथरी स्थित सहकारी कर्मचारी संगठन पथरीशनिश्चरे वनभोज थियो । वनभोजबाट फर्केर कार्यालयमा राखिएको मोटरसाइकल लिएर घर फकर्दै गर्दा सहकारीको कोषाध्यक्ष दोर्ण खड्कालाई डीएसपीको टोलीले भेटे । ‘मलाई मापासे गरेको छौ भनेर सोधियो, मैले दिउँसो २ बजे खाको भने ।’ त्यसपछि डीएसपी गिरीले बाइक छोड्न भनेपछि मैले बाइक छोडेको भर्पाइ माग गरे तर दिएन् । भोलिपल्ट इलाका प्रहरी कार्यालय गएर बाइक निकाल्दा पेट्रोल र व्याट्री झिकिएको अवस्थामा थियो । हालसम्म मातेर दुर्घट्ना गराएको र सामाजिक रुपमा असहज पैदा गरेको इतिहास छैन खड्काले भने ‘मापासे क्लास लिन दुई दिनसम्म विराटनगर धाउनु प¥यो ।
त्यसैगरी पथरीकै हरियाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष काबुलबहादुर मगर पनि यसैगरी पीडित भएको बताउछन् । मगरको घर पथरी बजारदेखि करिव ४—५ किलो मिटर दक्षिण गाउँमा पर्दछ । घर फिर्ने क्रममा अनआवश्यक सोधखोज हुनुको साथै मापासेमा पर्दा डीएसपी दिलिप गिरीले बाइक नै खोस्ने कार्य सुरक्षा भन्दा बढी ‘दादागिरी शैली’ भएको बताए । मापसे जाँच गर्नु राम्रो भएपनि जाँच गर्दा डीएसपी गिरीको शब्द ज्यादै रुखो हुने गरेको अध्यक्ष मगरको भनाई छ ।
मापसे कै विषयलाई लिएर डीएसपी गिरीले होटल तथा आन्तरिक भोज (पार्टी) कार्यक्रम भित्र छिरेर समेत दुःख दिने गरेको गुनासो आइरहेको छ । २०७६ फागुन २० गते पथरीमा रहेको रेडियो सिम्रिक सञ्चालक समितिको बैठक थियो । बैठक अवेरसम्म चलेपछि नजिकै रहेको मनोहर पार्क(निर्मा्धिन होटल)मा खाना बनाउन लगाएर खाँन लाग्दा डीएसपी गिरी आफै छिरेर हप्कीदप्की गरेको समितिको अध्यक्ष अमिर (धनराज) राईले बताए । डीएसपी गिरीले रेडियोको टोलीमै चाँडो घर जानु भन्दै हप्काउन थालेपछि अध्यक्ष अमिरले तपाई नयाँ हुनुहुन्छ हाम्रो घर नजिकै हो भन्दा र म नयाँ होइन भनेर चर्केपछि बिषय केहीबेर लम्बिएको अध्यक्ष राईले बताए । मनोहरमा राखिएको सवारी साधन देखाउदै गिरीले मातेको मान्छेले यो बाइक कुदाउछ भन्दै चाँडो घर नगए कारबाही हुने धम्कि दिएका थिए ।
यसैगरी केही समय अघि डीएसपी गिरी प्रहरी टोलीसहित पथरी चोकमा रहेको सिक्का बार होटलमा पसेर सञ्चालक र ग्राहकहरुलाई हप्कीदप्की गर्दै मापासे गरेर बाइक चलाए कारबाही हुने बताएको सञ्चालक धीरेन साम्बाले बताए ।
पाँच दिन अघि पथरीको सिनभिलेज पार्टी प्यालेसमा भएको विवाहबाट नेपाली कांग्रेसको मोरङ २ नम्बर क्षेत्रीय सभापति गणेश खड्काको श्रीमतीको हेलमेट हरायो । घर फिर्दै गर्दा हेलमेट नलगाई स्कुटर कुदाएको अरोपमा प्रहरीले यलम्बर चोकमा रोकेर बाईक पक्राउ गरे । अर्को बाइकमा रहेको सभापति खड्काले यथार्थ बताउदा पनि डीएसपी गिरीले छाडेन र स्कुटर इलाका प्रहरी लगे । यलम्बर चोकमा सभापति खड्का र डीएसपी गिरीको निक्कै लामो भनाभन भएको थियो । हेलमेट नलगाएकोमा पक्राउ परेको स्कुटर नवीकरण नभएकोमा एक हजार रुपैया तिरेर मात्र निकाल्नु प¥यो । सवारी चेकजाँच गर्नु राम्रो भए पनि अवस्था हेरेर व्यवहारिक रुपमा कतिपय कुरा सहज गर्दा राम्रो हुने सभापति खड्काको भनाइ छ ।
मापासे चेकजाँचले सवारी दुर्घट्ना घटाउने र राजस्व बढ्ने गरेपनि सेवा तथा सुरक्षा भन्दा बढी डीएसपी दिलिप गिरीको अनआवश्यक दुःख दिने मनसाय र ‘दादागिरी शैली’प्रति असन्तुष्टी स्थानीयको रहेको छ ।
काठमाडौं लगायतका सहरहरुमा मापासेमा परेका व्यक्तिहरुको सवारी अनुमति पत्र राखेर चिट काटी मापसे नगरेको चालक बोलाएर सावरी साधन उनैसँग पठाउछन् । तर, पथरीमा भने मापसेमा परेपछि सवारी साधननै प्रहरीले लिने गर्दा घर पुग्न गारो हुने हरियाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष काबुलबहादुर मगरको भनाई छ ।
नियन्त्रणमा लिएको सवारी साधन सिद्धै इलाका प्रहरी कार्यालय परिसरमा लगिन्छ । ट्राफिक प्रहरी कार्यालय पूर्व बस स्टेन (पथरीको पूर्वी छेउ)मा छ । इलाका प्रहरी कार्यालय पथरी जाँते मोड उत्तरमा छ । ट्राफिक र इलाका प्रहरी कार्यालयको दुरी करिव चार सय मिटर रहेको छ । मापसेमा परेका सवारी साधन लिन जाँदा ट्राफिकमा रसिद काटेर, इलाका प्रहरी कार्यालय जानुपर्ने बाध्यता छ । त्यहाँ कर्मचारीले प्रमुख व्यक्तिलाई सोध्नु पर्ने, सोधेर लिखित रुपमा जिम्मा लिनुपर्ने झन्जट रहेको पीडित दोर्ण खड्काले बताए । ट्राफिकबाट चिट काटेर इलाका प्रहरी कार्यालयबाट सवारी साधन लिएपछि बल्ल मापासे क्लास लिन करिव ५० किलोमिटर विराटनगर जिल्ला प्रहरी कार्यालय मोरङ गएर जानु पर्नेहुन्छ ।
मापसेमा परेका व्यक्तिहरुलाई अन्य स्थानमा जस्तो चिट काटेर सवारी अनुमति पत्र लिएर सेवन नगरेका चालक बोलाएर सवारी साधन जिम्मा लगाउने, सवारी साधन प्रहरीले नै राख्नु परेको अवस्थामा ट्राफिक प्रहरीको परिसरमा राखिए मानिसले अनआवश्यक झन्जट बेहोर्नु पर्नेछैन । मापसेको कक्षा लिन ५० किलोमिटर विराटनगर पुग्नु पर्ने भएको हुँदा पूर्वी मोरङको लागि छुट्टै मापसे कक्षा सञ्चालनको व्यवस्था मिलाउनु पर्ने अमिर राईको भनाइ छ ।
पथरीशनिश्चरे नगर १० नम्बर वडा अध्यक्ष सागर राईले डीएसपी गिरीको सक्रियता राम्रो भएप पनि व्यवहारिक कुराहरुमा भने सम्झाउनु पर्ने अवस्था आएको प्रतिकृया दिए । पथरी ट्राफिक प्रहरी प्रमुख सई बलराम सिग्देलले मापसे परीक्षणमा कसैले कसैलाई गालि गलैज भने गर्न नुहने बताए । मापसेमा परेका व्यक्तिहरुले आवश्यक भन्दा बढी झन्जट व्यहोर्नु परेको स्वीकार्दै ट्राफिक कार्यालयमा कम्पाउण्ड नभएको कारण सेवाग्रहीले सास्ति भोग्नु परेको बताए । मापसेमा परेका व्यक्तिहरुलाई सवारी साधन वा ब्लुबुक, सवारी अनुमति पत्र लिने कुरामा सहज बनाउन प्रयास गर्न सकिने बताए । स्थानीय समाजिक, राजनीतिक व्यक्तिहरुले कतिपय कुरामा डीएसपी गिरीलाई सम्झाउने प्रयास गर्दा आफू १८ बर्षदेखि प्रहरीको काम गरेकोले सिकाउन नपर्ने बताउने गरेका छन् । डीएसपी गिरी १८ बर्षे जागिरको धम्कि दिने गरेपनि ट्राफिक प्रहरी प्रमुख बलराम सिग्देल भने २९ बर्षदेखि प्रहरी सेवामा रहेका छन् ।
इप्रकाका डीएसपी दिलिप गिरीले एक थोपा पनि तेल नझिकेको बताएका छन् । उनी माथि लागेको सबैआरोपको अस्वीकार गरेका छन् । स्थानीयहरुके भलाईका लागि आफुले अभियान चलाएको बताए ।






























