पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले वडा कार्यालयहरु क्रमशः स्थापना गर्दै जाने कार्यक्रम अन्तर्गत वडा नम्वर २ को वडा कार्यालय भवनको शिलान्यास भएको छ ।  

दाताहरुबाट जग्गा प्राप्त भएपछि नगर प्रमुख दिलीपकुमार राई, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं सहितको अगुवाईमा त्रिभूज चोक देवीगञ्जमा कार्यालय भवनको शिलान्यास गरिएको हो । ६८ लाखको स्टिेमेट रहेकोमा जिल्ला समन्वय समिति र नगरपालिकाको सहकार्यमा ४८ लाखमा ठेक्का लागि ७ कोठा भएको २ तले भवन निर्माण हुनेछ । कार्यालय भवनका लागि स्थानीय पञ्चकुमार राई, दीपक खतिवडा, दुर्गा खतिवडा र रामभक्त खतिवडाबाट गरी ५ कठ्ठा जग्गा दान प्राप्त भएको छ ।

      अन्य ४ वटा वडा कार्यालयका लागि पनि जग्गा व्यवस्थापना भएको र त्यसका लागि नगरपालिकाले क्रमशः भवन निर्माणको योजना अघि बढाउने उल्लेख छ ।