म विरुद्ध २०७२ सालदेखि षडयन्त्र शुरु भएको छ । म सञ्चारमन्त्री भएको २÷ ३ महिनादेखि त्यो षडयन्त्र शुरु भयो । आफुविरुद्ध विभिन्न ठाउँ बैठकहरु बसेर एउटा गिरोह सक्रिय भएको छ । ती गिरोहले नै केही पात्रहरु खोजेर, खरीद गरेर आफुमाथि प्रयोग गरेको छ । हिजो मात्र एउटा अदालतमा मुद्दा दर्ता भयो भनेर सामाजिक सञ्जालमा आइराखेको छ। २०७२ सालदेखि लगातार मौषम अनुसार सामाजिक सञ्जाल र केही साना मसिना अनलाइनहरुमा केही कुराहरु मेरो प्रसंगमा आइराखेको सर्ववितितै छ । आजसम्म यो प्रसंगमा मैले बोलेको थिइन । किनभने मेरो कुनै दोष छैन, कमजोरी छैन । त्यही भएर बोलिन तर आज बोल्नुपर्ने अवस्था आएको छ । चाडै दुधको दुध पानीको पानी छुटिने नै छ । कतै चुकेको थियो कि, गल्ती गरेको थियो कि भनेर तपाईहरु भ्रममा नपर्नुस । मिडियाहरु दुरुपयोग भएका छन । मिडियाहरु किनिएका छन् । आधा घण्टामा पात्रहरु, यो खेतीमा लाग्नेहरु तपाईहरुले पत्ता लगाउन सक्नुहुन्छ । आफुविरुद्ध करोडौं रुपैया खर्चिएको मैले पाएको छु ।