विराटनगर / सातवर्ष अघिदेखि मोरङको केराबारी गाउँपालिका–९ बेलाचौरीस्थित तुर्के खोलाको पुल निर्माण सुरू गरेको ठेकेदार गायब भएका छन् । केराबारीदेखि धनकुटा जिल्ला जोड्ने तुर्के खोलाको पुल अलपत्रर छोडेर निलगिरी कन्टूक्सनका ठेक्दार युवराज डाँगी सम्पर्क बिहीन भएका हुन् ।
संघिय सरकारले बिनायोजन गरेको ५ करोड ५५ लाख रूपैयाँ बजेटमा २०६९ सालदेखि निलगिरी कन्ट्रक्सनले पुलको निर्माण सुरू गरेको केराबारी गाउँपालिका ९ का वडाअध्यक्ष भूपतीन्द्र प्रताप मल्लले जानकारी दिए । ३ हजार घरपरिवारले ओहरदोहर गर्ने पुलको निर्माण दुई महिनादेखि ठप्प बनाएर ठेक्दार लापता भएको वडाअध्यक्ष मल्लले बताए । निलगिरी कन्ट्रक्सनले पुलको निर्माण गर्ने ठेक्का पाएको ठेकेदार डाँगी अहिले सम्पर्क बिहीन भएको स्थानियको भनाई छ । पुल निर्माण भएको सात वर्ष बितिसक्दा पनि अहिले पिलर मात्र उठाएको छ ।
ठेक्दार कम्पनीले पुल निर्माण गर्न छोडेर सम्र्पक विहीन भएपछि केराबारी गाउँपालिका स्थानियले तीन वटा बस रिजाभ गरेर विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी बिहीबार धर्ना दिएका छन् । ठूलो संख्यामा आएका स्थानियले करिब एक घण्टा धर्नामा बसेर मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा ज्ञापनपत्र बुझाए । दैनिक सयौंको संख्याले ओहरदोहर गर्ने तुर्के खोलाको पुल निर्माणमा ढिलाइ भएको भन्दै दबाव दिने उद्देश्यले धर्ना दिएर ज्ञापनपत्र बुझाएका हुन् । तुर्के खोलाको पुल यथासिघ्र निर्माण गर्न मुख्यमन्त्रीले भूमिका खेलिदिनुपर्ने भन्दै स्थानियले ज्ञापनपत्र बुझाउन आएको वडाअध्यक्ष मल्लले बताए ।
यहाँका स्थानिय सडक डिभिजन कार्यालयमा पनि पुल निर्माण कार्यले गति नलिएको भन्दै गुनोसो लिएर पुग्दापनि कुनै सुनवाइ नभएपछि मुख्यमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाएको केराबारी ( ९ का रबिन सापकोटाले बताए । कार्यालयले एउटा कारण देखाउने र निर्माण व्यावसायीहरूले अर्को कारण देखाई पुल निर्माणमा ढिलाई गरेकोप्रति भने स्थानीयको गम्भीर असन्तुष्टि पोखेका छन् । ‘पुल निर्माणमा ढिलाई भएको सबैले देखेका छन, सरोकारवाला निकायले गम्भीर भएर निर्माण कार्य पूरा गर्नुको विकल्प छैन’, सापकोटाले भने । पुल निर्माण ढिलाईको प्रभाव केराबारी गाउँपालिका सिंगो बस्तीलाई असर पु¥याएको छ । धनकुटा जिल्लाको उत्तरमा पर्ने भुगोल जोड्ने यी पुल निर्माण सम्पन्न हुन नसक्दा वर्षायाममा केराबारीका गाउँपालिकाका स्थानीयको जनजीवन प्रभावित हुने गरेको छ ।
पुल नबन्दा ठूलो संख्यामा अध्ययन गर्न बेलबारी जाने विद्यार्थी बर्खायाममा पढनबाट बन्चिन हुनुपरेको स्थानिय बद्रि थापाले जानकारी दिए । पुल नबन्दा केराबारी दुर्गमजस्तै बनेको छ । ‘म सानै छँदा पुल बनाउन सुरु गरेको अलिअलि थाहा छ । अझै निर्माण सम्पन्न भएन,’ केराबारीका रविन सापकोटाले भने, ‘वर्षायाममा धेरै समस्या हुन्छ । कोही विरामी भएर ठूलो अस्पताल लैजानुप¥यो भने वर्खायाममा बाढीले जान नसक्ने अवस्था हुन्छ । बाढीको कारणले खोला तर्न नसक्दा विरामीको छटपटीले त्यही प्राण त्यानुपर्ने अवस्था छ ।’ पुल निर्माण भए धनकुटा, बेलबारी र लेटाङ्गसम्म सडक जोडिन्छ । ठेकेदारलाई स्थानीयले पटकपटक दबाब दिए पनि चासो नदेखाएको स्थानीय बताउँछन् । अहिले ठेक्दार पनि काम ठप्प बनाएर दुई महिनादेखि लापत्ता भएका छन् । ‘सांसद, मन्त्री, नेता सबैलाई भन्दा पनि कसैले सुनेनन,’ सापकोटाले भने, ‘चुनावको बेला भोलि नै पुल बन्ने जस्तो गरी भाषण गर्ने नेताको अहिले मुख देखिँदैन ।’
पुल डिभिजन कार्यालय इटहरीका पूर्व इन्जिनियर कैलाश साहले पुल निर्माण समयमा हुन नसक्नु र अहिले काम अलपत्र छाडिनुमा ठेकेदार कम्पनीको लापरबाही रहेको बताए । ठेकेदारलाई पटक(पटक तागेता गर्नुका साथै लिखित र मौखिक स्पष्टिकरण सोध्दा पनि काम नभएको भन्दै उनले अब ठेकेदारमाथि कारबाही गर्नुको विकल्प नरहने जनाए ।
यता प्रदेश सांसद उपेन्द्र घिमिरेले भने आगामी सोमबारबाट पुल निर्माणको काम सुचारु गर्ने गरी पहल थाल्ने बताए ।

Pul bhanuna andola2