काठमाडौं । नेकपाका कार्यकारी अध्यष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरू सत्ताबाहिर रहदा क्रान्तिका लागि ठूलो त्याग गरे पनि सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुन थालेको बताएका छन् ।

सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएर राजीनामा दिएको भोलिपल्ट काठमाडौंको एक कार्यक्रममा प्रचण्डले कम्युनिष्टहरू लोभले काम गर्न थालेको बताए ।

नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास गर्ने क्रममा अध्यक्ष प्रचण्डले क्रान्तिमा हुँदा ठूलो त्याग गर्ने नेता कार्यकर्ताहरू सत्तामा पुगेपछि आदर्शबाट विचलित हुने गरेको थुप्रै घटना भएको बताए ।

उनले विश्व इतिहास पनि त्यसको साक्षी रहेको प्रतिक्रिया दिए । उनले नेपालमा पछिल्लो चरणमा घटेको घटना राम्रो संकेत नभएको बताए ।