धरान / ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा उपमहानगरका नेकपा निकट वडा अध्यक्षहरुले बहिस्कार गरेका छन् । प्रभातफेरीमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवालाई प्रमुख अतिथि बनाए पछि नेकपा निकट वडाअध्यक्षहरु उपस्थित नभएको श्रोतले बताएको छ । नेकपा निकट उपमेयर मञ्जु भण्डारी काम विशेषले काठमाडा रहदा नेकपा निकट जनप्प्रतिनिधिकाे उपसथिति शुन्य भएकाे हाे ।

उपमहानगरको जस्तो नभई काङ्ग्रेसको जस्तो कार्यक्रम बनाइए पनि उपस्थिति नभएको एक वहा अध्यक्षले प्रतिक्रिया दिएका छन् । धरानमा २० वटा वडाहरुमा १,२, ५ र १४ वडा बाहेक सबै नेकपाको वडाअध्यक्षहरु रहेका छन् ।

कार्यक्रममा नेपाली काग्रेसका केन्द्र, जिल्ला, नगर तथा भातृसंगठनका पूर्व तथा वर्तमान पदाधिकारीहरुको बाक्लो उपस्थिति रहे पनि नेकपा समर्पित नेताहरुको उपस्थिति थिएन । कार्यक्रममा नेकपाबाट विजयी प्रदेश सभासदस्य उमिता बराइली र नेकपा उपमहानगर अध्यक्ष नारायण सुवेदीको मात्र उपस्थिति रहेको थियो ।
आज प्रजातन्त्र दिवस मनाउन मेयर तिलक राईले हिजो नै सर्वदलिय बैठकसमेत राखेका थिए । तर दिवसु मनाउनलाईसमेत धरानमा दलिय विभाज भएको पाइएको छ । मेयर राईले सभामुख प्रदिप भण्डारीलार्य समेत निमनत्रण गरेका थिए । भण्डारीको भने प्रदेश सरकारले विराटनगरमा कार्यक्रम राखेकाले विराटनगर गएका थिए ।