मधुमल्ला/नेपाल तरुणदल वडा-७ र ९ कोे संयुक्त आयोजनामा मोरङको मिक्लाजुङ गाउँपालिकाको केन्द्र मधुमल्ला बजार लाई स्वछ सफा राख्न सहयोग पु¥याउने उदेश्यले शनिबार मधुमल्ला बजार क्षेत्रमा डस्टबिन राख्ने कार्यक्रम सम्पन्न भएकोे छ ।

नेपाल तरुणदल मिक्लाजुङले सरसफाई अभियान लाई प्रभावकारी बनाउने उदेश्यले तत्काललाई पहिलो चरणमा ३१ थान डस्विन राखिएको तरुणदल वडा नं. ९ का सभापती उदीप श्रेष्ठले बताए । स्वच्छ सफा सहर मधुमल्ला बनाउने उदेश्यले मधुमल्ला बजार क्षेत्रमा डस्विन राखीएको नेपाल तरुणदल सचिब देउमान तामाङले बताए ।

दरुणदलले सार्वजनीक स्थामा डस्विन राखेर समजका लागि राम्रो काम गरेको र यस प्रकारका सकारात्मक काम प्रति नेपाल तरुणदल जिल्ला कमिटिको सदैब सहयोग रहने दरुणदल जिल्ला सदस्य बबि राईले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस मिक्लाजुङका सभापति सेमन्तराज दाहालले स्थानीय सरकारले ब्यापारी हरु संग ढाड सेक्नेगरि कर लिएर पनि बजार को फोहोर ब्यावस्थापन गर्न ध्यान नदिएको बताए । स्थानीय सरकारले फोहोर मैला व्यवस्थापनको आवश्यकता लाई देखेर पनि नदेखे झै गरेको र स्थानीय सरकार अन्धो, जस्तो बनेको दाहालले बताए । यति सानो काम गर्न नसक्ने स्थानीय सरकारलाई नेपाल तरुण दल मिक्लाजुङको कदमले स्थानीय सरकारलाई चुनौति थपीएको दाहालले बताए ।

दरुणदलमा सत्रिय युवाहरुको स्वेक्षिक आर्थिक संकलन र पार्टीका नेता कार्यकर्ताहरुको आर्थिक सहयोगमा डस्विनका लागि आवस्यक रकमको जोहो गरिएको कार्यक्रम संयोजक दीपेश मगरले बताए । कार्यक्रम नेपाल तरुण दल मिक्लाजुङका सभापति मनोज सुबेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।