धरान/ सांसद् रेशम चौधरीलाई तुरुन्त रिहाइको माग गर्दै जारी थारुहट आमरण अनसनलाई ऐक्यबद्धता जनाउँदै धरानमा पनि धर्ना कार्यक्रम गरिएको छ ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मन्त्र अन्तर्गतको सङ्घीय लिम्बुवान मञ्च नेपालका नेता कार्यकर्ताहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै भानुचौकमा धर्ना कार्यक्रम गरेका हुन् ।

पार्टीले रेशम चौधरीको रिहाइ, थरुहटका आमरण अनसनकारीको माग तुरुन्त पूरा गर्न र प्रदेश १ को नाम लिम्बुवान, किरात खम्बुवान कायम गर भन्दै धर्ना दिएको जिल्ला अध्यक्ष अमर इजमले जानकारी दिए । धर्ना कार्यक्रममा केन्द्रीय तथा जिल्ला नेताहरू सहभागी रहेका छन् ।