श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन ०६ गते मङ्गलबार, १८ फेब्रुअरी २०२० । फागुन कृष्णपक्षको दशमी तिथि १७ः०९ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र ज्येष्ठा ०८ः५२ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः४१ र सूर्यास्त ५ः५६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
सहयोगी साथीभाइ पाइएला । इष्टमित्रसँगको भेटले मन प्रफुल्लित रहला । सन्तान सुखको योग छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन सामान्य बित्नेछ । कृषि तथा तत्जन्य व्यवसायमा लगानी होला । व्यर्थैमा अपजस खेप्ने समय परेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्त्री जातिको सहयोगमा गरेका कामहरूमा सफलता खेप्नुपर्ला । उपहार तथा सम्मानमा विवाद हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शारीरिक पीडाले सताउला । आमाको स्वास्थ्यमा समस्या देखिएला । पारिवारिक झमेलामा फसिएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ऐतिहासिक तथा पुरातात्विक क्षेत्रमा रुचि बढ्नेछ । कला, संस्कृति र साहित्यमा मन जाला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पशु चौपाय तथा त्यस क्षेत्रमा गरेका लगानी सफल भएर जालान् । अन्न भण्डारणको समय देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामजिक क्षेत्रका कार्य अधुरै रहलान् । मुद्दा–मामिलामा सफल भइएला । कृषि व्यवसायमा राम्रै लाभ हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धातु तथा तत्जन्य व्यवसायमा केही समस्या आउला । यथोचित वातावरण नहुन सक्छ । यात्रा असफल देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन सामान्य रूपमा बित्नेछ । नयाँ व्यवसायमा खर्च बढ्नेछ । छोटो तर कष्टपद यात्रा होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सभा समारोहमा सरिक भइएला । राष्ट्रिय विषयको चर्चामा दिन बित्नेछ । परिवारमा भने राम्रै देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्य सङ्घर्षशील नै देखिन्छ । सरकारी निकायको भय यथावत् रहला । सोचेअनुसार काम नबन्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दैनिका कार्यमा प्रगति हुनेछ । चिताएको काममा सफलता मिल्ला । नोकरीमा पदोन्नति हुने योग परेको छ ।