धरान/ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत सङ्घीय लिम्बुवान मञ्च नेपालको सुनसरी वराहक्षेत्र–५ मा सङ्गठन विस्तार गरिएको छ ।

शनिबार सम्पन्न भेलाले सुसन राजधामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बहादुर राजधामी, सचिवमा अजय राई, र अर्थ सचिवमा तुलमान चौधरी चयन भए ।

यसैगरी सदस्यहरूमा खुशीलाल चौधरी, विष्णु चौधरी, मनोज सरदार, आरती राजधामी, देवी चौधरी, मधुमाया विक, भाग्यदेवी राजधामी, भावना चौधरी, माधव माझी, भूवर राजधामी, जितेन राजधामी, कविलाल चौधरी र राम राजधामी रहेका छन् ।

त्यस्तै खुशीलाल चौधरीको अध्यक्षतामा सङ्घीय युवा मञ्चसमेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा आकाश धामी, सचिवमा सुमन माझी, अर्थ सचिवमा कुमार तामाङ चयन भए । त्यसैगरी सदस्यहरूमा सरोज धामी, पर्शुराम माझी, उमेश माझी, रमेश माझी, ओमनारायण माझी, सन्दीप चौधरी, आर्यमन धामी, सुरेश तामाङ, कृष्ण चौधरी, दिवस चौधरी, अरुण चौधरी, शुभम् राजधामी, अनिश धामी, प्रशान्त चौधरी र हेमाई चौधरी रहेका छन् ।

प्रान्तीय केन्द्रीय सदस्य मिजोत्लुङ लिम्बूको उपस्थितिमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष अमर इजम, उपाध्यक्ष पदम खेबाङलगायतको उपस्थितिमा समिति गठन गरिएको हो । त्यसक्रममा विभिन्न पार्टी परित्याग गरेका नवप्रवेशीहरूलाई स्वागत गरिएको छ ।