विराटनगर / समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारको नारा ‘सुखी नेपाली, समृद्धि नेपाल’ भन्ने रहेको भए पनि व्यवहार हेर्दा ‘दुःखी नेपाली र दरिद्र नेपाल’ बनाउने जस्तो भएको बताएका छन् ।
पूर्व उपप्रधान तथा कानुन मन्त्रीसमेत रहेका अध्यक्ष यादवले सरकारले ल्याएको केही विधेयकहरूले निरङकुसातर्फ लाग्न लागेको आशंका उत्पन्न भएको बताए ।
प्रेस नेपाल मोरङले विराटनगरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले सम्झौताको आधारमा समाजबादी पार्टी सरकारमा गएकोले कार्यन्वयन नभएपछि बाहिरिएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले सहमति अनुसार संविधान संशोधन नगरेपछि पार्टी सरकारबाट बाहिरएको उनले बताए । सरकारबाट बाहिरिए पनि संविधान संसोधन र संघीय गणतन्त्रलाई संस्थागत गर्ने प्रयास सदनबाट निरन्तर जारी रहने अध्यक्ष यादवले बताए । सदनबाट माग सुनवाइ नभए आवश्यक परेको खण्डमा सडक सर्घषमा पनि जाने उनको भनाई थियो ।
प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघीय सरकारले कानुनहरू यथासिग्र बनाउनुपर्ने बताएका छन् । संघीयतालाई कार्यन्वयन गरिन केही कानुन आएको भएपनि यतिले मात्र नपुग्ने भएकोले संघिय सरकारले कानुनहरू चाँडो बनाउनुपर्ने बताएका हुन् ।