धरान / पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र माधवकुमार नेपाल विरुद्ध कारवाही चलाउन बुधबार सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले उनीहरुलाई मुद्धा चलाउन रिट दायर गरेका हुन । सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन उनले माग गरेका हुन । एक साता अघि अख्तियारले तत्कालीन ३ मन्त्रीसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।