धरान / इटहरीका मेयर द्वारिकलाल चौधरी विरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी परेको छ ।
आज उपमहानगरपालिका अगाडीको पान पसलका सञ्चालक सुवास साहले प्रहरीमा उजुरी दिएका हुन । ब्यक्तिगत रिसिईबी साध्न आफ्नो पान पसल बन्द गराएको भन्दै उनले जाहेरी दिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
उनले उजुरीमा आफु मेयरबाट असुरक्षितसमेत भएको उल्लेख गरेका छन् । पान पसलको सामान फालि दिएको र आजदेखि बन्दै गराएर अखाफुलाई व्यवसायी गर्न नै नदिएको भन्दैं उनले उजुरी दिएका हुन ।
यता उपमहानगरपालिकाको कार्यायल अगाडी पान पसल राख्दा अगाडी फोहोर भएको र कार्यालय अगाडी फाहोर नहोस भनेर अन्यत्र सार्न सूचना दिदासमेत अटेर गरेकाले बन्द गरिएको मेयर चौधरीले बताउदैं आएका छन् । साहलाई अन्यत्र सार्न सात दिने सूचना जारी गरिएका थियो । सूचना जारी गर्दासमेत अन्यत्र नसारिए पछि गत माघ २४ गते पसल अन्यत्र सार्न पुन पत्र दिइएको थियो । तर पत्र दिदासमेत नटेर पछि आज मेयरले पसल बन्द गराएका थिए ।
राजनितिक ‘इस्यु’ बनाइदैंं, द्वन्द्व बढ्दैं
मेयरले सामान्य पान पसलेलाई व्यवसायी गर्न नदिएको भन्दै व्यवसायीहरु रुष्ट बनेका छन् । यस घट्नालाई राजनितिक ‘इस्यु’ बनाउन खाेजिएकाे बताइएको छ । चौधरीले अन्याय गरेको भन्दैें बन्द गरेको पान पसल नेपाली काँग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेलले खोलेका छन् । राज्यलाई कर तिरेर व्यावसाय गर्न पाउन पर्ने भन्दैं उनले पसल खोलेका हुन ।  पाैडेलले साहकाे पसल खाेले पछि दुई पक्षविच द्वन्द्व बढेको छ । साहले ३५ बर्षदेखि उक्त स्थानमा पसल गदैं आएका थिए । मेयरले व्यवसायी माथि अन्याय गरेको भन्दैं प्रचार शुरु भएको छ । त्यसो त मेयर चौधरी इटहरीमा विभिन्न विषयमा विवादमा तानिदैं आएका छन् । केही समय अघि पत्रकारलाई लोपरेको, धम्की दिएको विषयमा विवादमा तानिएका थिए । नेकपाकै नेता रामप्रसाद चौलागाईलाई पक्राउ गर्न नगरप्रहरी खटाएको विषयले पनि उनी चर्चामा छन् ।