धरान / आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले उभिएर अवरोध जनाएपछि सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्षीलाई अदालतमा पुगेको विषयलाई लिएर संसद अवरुद्ध नगर्न जनाउ दिएका छन् ।
गत बुधबार उपसभापति विजय गच्छदारलाई बालुवाटारस्थित ललिता निवास क्याम्पको जग्गा विक्री प्रकरणमा तत्कालीन भूमिसुधार मन्त्री हुदा भ्रष्टाचार गरेको भन्दैं विशेष अदालतमा मुद्दा चलाएपछि आन्दोलित नेपालीकाङ्ग्रेसलाई सभामुखले यस्तो जनाउ दिएकाहुन ।
तीन दिन देखि लगातार संसद बैठक अवरुद्ध हुदैं आएको छ । यसअघिका दुई बैठकमा कांग्रेस सांसदहरु पुष्पा भुसाल र मीनबहादुर विश्वकर्माले बोल्न पाए तर आज भने सभामुख सापकोटाले आइतवारको बैठकमा प्रमुख प्रतिपक्षीले बोल्न पाएनन् । सभामुख सापकोटाले बोल्न माइकसमेत खोलिदिएनन्।
सभामुख साप्कोटाले संवैधानिक आयोगले निर्णय गरेर अदालतमा गइसकेको विषय यहाँबाट निरुपण हुन नसक्ने कुरा तपाईहरुलाई अवगत नै भएको भन्दैं संसद चल्न दिने आग्रह गरेका थिए ।
निरन्तर आग्रह गर्दासमिेत प्रतिपक्ष दलका सांसदहरु सदनमा उभिरहे पछि सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक माघ २८ गते मंगलबारसम्का लागि स्थगित गरेका छन्।