यहाँ खोज्दैछु म एउटा भित्ता
जहाँ कोर्न सकूँ म मेरो देशको नक्सा
यहाँ रोज्दैछु म एउटा जघन्य युद्ध
जहाँ पूरा होस् मेरो विरगतिको धोका ।।१।।

यहाँ म खोज्दैछु भौतारिदै पूर्व दिशा
जहाँ घन्किएको होस् झ्याउरे र पूर्वेली भाका
यहाँ म खोज्दैछु आत्तिएर पश्चिम दिशा
जहाँ घन्मिएको होस् मादल—मारुणीको मनमोहक भाका ।।२।।

यहाँ खोज्दैछु म एउटा सुन्दर घर
जहाँ रम्न सकोस् बेसाहारा सडक बाल—बालीका
यहाँ बनाउदैछु एउटा बिशाल महल
जहाँ बास रहोस् भिखारी भई हिड्ने वृद्ध—वृद्धा ।।३।।

यहाँ जोत्दैछु खेत म छर्नलाई मौलिकता
यहाँ रच्दैछु एउटा मिठो धुन झल्काउन स्वभिमानता
यहाँ खोज्दैछु म एउटा बुद्ध फैलाउन सन्देश शान्ति र अहिंसा
यहाँ खोज्दैछु एउटा फूल सृङ्र्गान राष्ट्ररुपी मेरो बगैचामा ।।४।।

यहाँ खोज्दैछु म भलभद्र—अमरसिंह थापा
जहा शत्रुको छात्ती टेकी फेरि रचिदियोस् वीरताको कथा
हजारौ साल दबिएको चिहानमा खोज्दैछु म पृथ्वी नारायण शाह
जहाँ फेरि चिनियोस् वीर गोर्खालीको देश मेरो नेपालै आमा ।।५।।