धरान । गायक कबि राईको भ्यालेन्टाइन गीत ‘मुटुभरी सम्झना’ सार्वजनिक भएको छ ।
हङकङ बसोबास गर्दै आएका धराने गायक कबि राईले भ्यालेन्टाईन डे को अवसर पारेर गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । भिडियोमा अभिनय पनि गायक राईले नै गरेका छन् ।
प्रेमिकाको सम्झना गर्दै गाईएको गीत मनोज चाम्लिङको निर्देशन तथा छायांकनमा तयार भएको हो । भ्यालेन्टाईन डेको पुर्व सन्ध्यामा उक्त म्युजिक भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानल बाट रिलिज गरिएको छ । केहि महिना अगाडी मात्र उनले “ मत कुनै फुल“ बोलको आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । बिस्तारै आफ्ना अन्य गीतहरुको पनि म्युजिक भिडियो बनाउदै लाने गायक कबि बताउंछन ।