धरान । धरान–१६ का खानेपानी उपभोक्ता समितिलाई संस्थागत गर्दै खानेपानी मुहान संरक्षणमा ध्यान दिने भएको छ ।
वडाबासीले धरान–२० को विष्णुपादुका क्षेत्रको जरुवा पानी, तथा खोलाखोल्सीलाई सदुपयोग गर्दै खानेपानी पिउँदै आएका छन् । धरान–१६ मा ५ वटा उपभोक्ता समितिहरूले विष्णुपादुका क्षेत्रबाट पानी जोहो गरेर पिउँदै आइरहेका छन् । उनीहरूले पिउँदै आएको पानीको मुहानलाई संरक्षण गर्नका लागि समितिबीचमा छलफल भएको छ ।

धरान–१६ मा जोरसखुवा, लोकतानित्रक, कालीखोला, नौलोबस्ती र सुम्निमा मार्ग खानेपानी तथा सरसफाइ उपभोक्ता समिति रहेका छन् । वडाध्यक्ष दिलकुमार गिरीले धरानको खानेपानी समस्या न्यूनीकरण गर्न उपभोक्ता समितिले महŒवपूर्ण कार्य गर्दै आएको बताए । उनले समितिको संस्थागत विकास नगरी खानेपानीको संरक्षण हुन नसक्ने भएकाले त्यो विकासमा लाग्न सुझाव दिएका थिए ।