ब्लाष्टखबर । गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि बिहीबारको संसद बैठकअवरुद्ध गरेको कांग्रेसले शुक्रबार पनि बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि आन्दाेलीत बनेकाे कांग्रेसकाे बिहान बसेको संसदीय दलको बैठकले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो ।

बैठककाे निर्णय बारे जानकारी गराउँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संवैधानिक आयोगलाई सरकार आफैंले चलाउन खोजेको र पक्षपातपूर्ण निर्णय गरेकाले आजको बैठक पनि अवरुद्ध गर्ने बताए ।