तीन कल्पको पापबाट मुक्त हुने ङ्युने ब्रत धरानमा हुदैं

alt
  • माघ २४, २०७६
  • ब्लाष्ट खबर

धरान / धरान–८ स्थित हिमालय महायान् रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्बामा ङ्युने ब्रत शुरु भएको छ । गुम्बाका खेन रिम्पोछे तेन्जिङ वाइवाका अनुसार भगवान बुद्धले देवलोकमा रहेको आफ्नो मातालाई धार्मिक प्रवचन दिएर मनुष्य लोकमा आएको समयलाई देवातरण (लावाप दुईछेन) भनिन्छ । यो ब्रत देवातरणको समयमा हरेक वर्ष गर्ने गरिन्छ ।
यही देव अवतरणको समयमा पुर्णिमा, औंशी, दशमी र अष्टमी जस्ता तिथि पारेर निराहार ङ्युने ब्रत बस्ने परम्परा रहेको गुम्बाको छ । यो ब्रत बस्नाले मन तथा आत्मा, वचन र शरीर शुद्ध हुने तथा दुर्गतीको पापवाट मुक्ति मिल्ने, नर्क लोक, प्रेत लोक र पशु लोकको दुःखवाट मुक्ति पाउने विश्वास रही आएको छ ।
तीन कल्प अर्थात दुईलाख चालिस हजार वर्षको पापवाट मुक्ति मिल्ने भएकाले बौद्ध धर्मावलम्वीहरुले यस ब्रतलाई महत्वका साथ लिने गरेको गुम्बाका संरक्षक मैतबहादुर तामाङ बताउछन् । पछिल्लो समयमा बौद्ध धर्मवालम्वीहरुमा आएको धार्मिक चेतनाका कारण यो ब्रत बस्नेहरुको संख्या प्रत्येक वर्ष वृद्धि हुंदै गएको नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र तामाङले बताउछन् ।
२० गतेवाट शुरु भई २८ गते ९ दिनसम्म चल्ने यस ब्रतमा तीनसय बढी झत्तजनहरुले ब्रत लिने र हजारौंले लुङ र वाङ लिने छन् ।

प्रदेश १ मा १०५ जना ...

धरान  / प्रदेश १ मा ३ हजार ३१ जना क्वारेनइनमा ...

कोरोनाभाइरसः विश्वका ...

एजेन्सी /  जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरे ...

कोरोनाले अमेरिकामा ...

धरान । कोरोनाभाइरसको कारण अमेरिकामा थप एक नेपालीले ज्या ...

कोभिड १९ को राजनीति ...

धरान / विश्व स्थास्थ्य संगठनले कोभिड १९ का विषयमा अमेरि ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved