धरान / बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्नेहरुबिरुद्ध ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले आज पूर्वउपप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका उपसभापति बिजयकुमार गच्छेदारसहितका ‘१७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त एवं तत्कालीन भौतिक पूर्वाधारसचिव दिपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, तत्कालीन सचिव छवि पन्तलगायतका उच्च अधिकारी र कर्मचारीलाई ललिता निवासको जग्गा हडप्नेमा दोषी किटान गरि मुद्वा दताृ गरेको हो ।
अख्तियारले सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको अभियोगमा तत्कालीन मन्त्री, सचिव, संलग्न कर्मचारीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरकेो जनाएको छ । अख्तियारले छानबिनको क्रममा डेढ सयभन्दा बढी व्यक्तिसँग बयान यसअघि नै लिइसकेको थियो । २ अर्व भन्दा बढिकाे विकाे माग दावी रहेकाे छ ।
गच्छेदार सांसद पदबाट निलम्बित
नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन् । ललिता निवास जग्गा प्रकरणमा संलग्नता रहेको निश्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी हाँ स्वतः सांसदबाट निलम्बित हुने अख्तियारका प्रवत्ता प्रदिपकुमार कोइरालाले जानकार िदिए ।
भ्रष्टाचार मुद्दा लागेपछि प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सांसद पदबाट स्वतः निलम्बित हुने व्यवस्था रहेको छ । उनी सुनसरी क्षेत्र नंं ३ बाट बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । गच्छदारमाथी अख्तियारले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगोसहित मुद्दा दायर गरेको छ ।
 
                     
         
                                        
                                                                                                 
        































