धरान । इलाममा जन्मिएका बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको बुधबार राति निधन भएको छ ।

काठमाडौंको मनमोहन अस्पतालमा मंगलबार राति भर्ना गरिएका शर्माको बुधबार बिहान निधन भएको परिवारले जनाएको छ । उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो । उनलाई इनफेक्सनको समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उनले नेपाल टेलिभिजनमा विश्व घटना नामक कार्यक्रमको शुरुवात गरेका थिए ।