धरान / पर्यटकीय नगरी धरान उपमहानगरपालिकाको प्रवेशद्वारदेखि नै सडकमा परेका खाल्डाखुल्डीले शहरलाई नै कुरुप बनाएको लामो समय वित्दासमेत सडक विभागले सडक मर्मतमा चासो नदिए पछि कोशी राजमार्ग अन्तर्गत धरान–८ र १२ नं.का स्थानीय तथा नेकपा धरानले सडक डिभिजन कार्यालय विराटनगरमा सोमबार मर्मतका लागि दवाव दिएको छ ।

सडक डिभिजन कार्यालय विराटनगरकी इन्जिनियर प्रियांका झासमक्ष ढिलासुस्तीबारे उनीहरुले जिज्ञासा राखेका थिए । धरानको सौन्दर्यतालाई विगार्ने गरि भत्किएको सडक मर्मत गर्न ढिलाई भएको विषयमा उनीहरुले दवाव दिएका थिए ।इन्जिनियर झाले धरानको बरगाछीदेखि पुरानो ट्राफिक चोकसम्म ठेक्का लागि सकेको र त्यहाँदेखि माथि भेडेटारसम्म टेण्डरका लागि सूचना प्रकासित भइरहेको जानकारी गराएकी थिइन । इनरुवाको जेपी निर्माण सेवाले करिव ४ सय मिटर सडक मर्मतका लागि २ करोड ७९ लाख ६९ हजार ९ सय १९ मा ठेक्का पाइसकेको जानकारी दिइन ।

काम शुरु गर्ने सुनिश्चिता नगरेसम्म आफुहरु नजाने भने पछि झाले ठेकेदार जयप्रकाश साहलाई टेलिफोनमा कुरा गराएकी थिइन । नेकपाका जिल्ला कमिटी सुनसरी सदस्य तथा धरान उपमहानगर सहइञ्चार्ज पदम इस्वोसँग साहले माघ २२ गतेदेखि काम शुरु गर्ने बताए पछि टोली विराटनगरबाट फर्केको थियो । साहले काम शुरु गर्न सबै औजारहरु धरान पु¥याइसकेको र बुधबारदेखि रोलिङ गर्ने काम र ड्रेन बनाउने काम शुरु गर्ने साहले बताएका छन् । साहले गत माघ पहिलो साता कार्यालयसँग दुई महिनाभित्र सक्ने गरि सम्झौता गरेका छन् ।

sadak3
सडक निर्माणका लागि दवाव दिन नेकपा सुनसरी सदस्य तथा धरान उपमहानगर इञ्चार्ज चोत्लुङ, जिल्ला सदस्य तथा धरान उपमहानगर कार्यपालिका सदस्य सावित्री परियार, नेकपा नगर अध्यक्ष नारायण सुवेदीलगायतको टोली पुगेको थियो । निर्वाचन लगतै मर्मत शुरु गर्ने भनिए पनि लामोसमयसम्म शुरु नभए पछि नेकपा धरान नगरकमिटीले चासो देखाएको थियो ।
उच्च प्रविधिबाट निर्माणाका लागि ठेक्का लगाउन खोज्दा ढिलाई
सडक डिभिजन कार्यालय विराटनगरका ओभरसियर रञ्जित साहका अनुसार गत असोजमा दुई पटक कार्यालयले उक्त सडक उच्च प्रविधीमा निर्माण गर्नका लागि ठेक्का आवहान गरेको थियो । तर दुर्व पटक ठेक्कामा विट गर्न कोही नआएका कारण ढिलाई भएको उनले बताए । उनका अनुसार सडकमा जम्ने पानीबाट सडक नभत्कने प्रविधीको मास्टिस अस्फार्क प्रविधीबाट निर्माणका लागि ठेक्का आवहान गरिएको थियो । उच्च प्रविधीको तर सानो रकमको ठेक्का भएर होला कसैले विट नगरे पछि पुन अस्फार्क(पिच) प्रविधीबाटै सडक बनाउन ठेक्का आव्हान गरिएको ओभरसियर साहले जानकारी दिए । मास्टिस अस्फार्क यो प्रविधी नेपालमा कम प्रयोग हुने गरेको छ । कालिका कन्स्ट्रकसनले सप्तकोशीको पुल निर्माण गर्दा यो प्रविधी प्रयोग गरेर बनाएको थियो । यो पानी पर्दा पिच भत्किदैंन । मेसिनको सहायताले उच्च कोटीको काम हुने इन्जिनियर प्रियांका झाले बताइन । धरानको सडक पटक पटक मर्मत गर्दा पनि बराम्वार भत्किए पछि कार्यालयले उच्चकोटीको प्रविधीबाट मर्मत गर्न चाहेको थियो तर सफल नभएको इन्जिनियर झाले बताइन ।

sadak2
ट्राफिक चोकदेखि भेडेटारसम्म टेण्डर प्रक्रियामा
भोटेपुलदेखि माथिको सडक मर्मतका लागि माघ पहिलो साता टेण्डर आवहान गरिएको कार्यालयले जनाएको छ । सूचनाको मिती अझै २० बाँकी छ । २० दिन पछि उक्त सडकको मर्मतका लागि पनि प्रक्रिया शुरु हुने इन्जिनियर झाको भनाई छ । ‘धरानको सडक मर्मतका लागि धेरै दवाव पनि आएको छ । हामी सबै प्रक्रिया पु¥याएर छिटो काम सक्ने तयारीमा छौं ।’–इन्जिनियर झाले भनिन–‘हामी पनि गम्भीर भएर लागेका छौं । जनताको गुनासो चाढै सुनुवाई गछौं ।’

sadak 1 sadak division