बेलबारी । मोरङको केराबारी–खोर्साने सडक खण्डमा सोमबार विहान टिपरले ठक्कर दिंदा साइकल यात्री सुन्दरहरैचा १० का ४७ वर्षिय बाबुराम कार्कीको मृत्यु भएको छ ।
केराबारीबाट खोर्साने तर्फ जाँदै गरेको प्रदेश १–०२००१ ख ८१०९ को टिपरले केराबारी तर्फ आउदै गरेको साइकल यात्रीलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो । मृतकको सवलाई कोशी अञ्चल अस्पताल विराटनगरमा लगिएको छ । प्रहरीले टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिपरको ठक्करबाट यस अघि पनि मोरङ केराबारी ९ निवासी बमबहादुर बस्नेतको निधन भएको थियो । टिपरले पटक पटक ठक्कर दिदै यात्रको मृत्यु भएपछि खोर्साने केराबारी सडक यात्रा जोखिम बन्दै गएको छ ।