धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति गत साउनदेखि कार्यवहाक उपकसलपतिले काम चलाउदैं आएका छन् । त्यसो त रजिष्टार, रेक्टर र उपकुलपति एउटै व्यक्तिले संचालन गदैं आउदा कतिपय निर्णयहरुमा जटिलतासमेत आउने गरेको छ । रेक्टर प्राडा गुरुप्रसाद खनालले कार्यवहाक उपकुलपति सम्हाल्दैं आएका छन् ।
स्थास्थ्य मन्त्रालयले केही दिन अघि उपकुलपतिका लागि कार्ययोजनासहित आवेदन माग गरेको थियो । प्रतिष्ठानका ८ सहित १६ जनाले आवदेन दिएका छन् ।

आवेदन दिनेमा प्रतिष्ठानकै हालका कार्यवहाक उपकुलपति प्राडा गुरुप्रसाद खनाल, मेडिसिन विभागका प्रमुख प्राडा सञ्जिबकुमार शर्मा, मेडिसिन विभागकै प्राडा प्रल्हाद कार्की, हाडजोनी विभाग तथा पूर्व रेक्टर प्राडा विक्रमप्रसाद श्रेष्ठ, रहेका छन् ।
यसै गरि फोरेन्सीक विभागका डा बिएन यादव, डा पारसकुमार पोखरेल, डा सिएस अग्रवाल, डा गजेन्द्रप्रसाद रौनियार, डा बद्रीप्रसाद बडु प्रतिष्ठानबाट आवेदन दिएका छन् ।
अन्यत्रबाट डा आरपी बिच्छा, डा गेहनाथ बराल, डा ज्ञानेन्द्र गिरी, डा नारायण बिक्रम थापा, डा रोजन्द्रप्रसाद साह, डा अनिल मिश्रले पनि आवेदन दिएका छन् । डा खनाल, डा बराल र डा गिरीको नाम सिमारिस हुने सम्भावना रहेको मन्त्रालय श्रोतले जनाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले तीन जनाको नाम सिफारिस गरे पछि कुलपति तथा प्रधानमन्त्री केपी ओलीले एकजनालाई उपकुलपतिमा नियुक्ती गर्ने छन् ।

आवेदन दिएकाहरुमा प्रतिष्ठानलाई राम्रो हाक्नेसक्ने क्षमता भएका भन्दा पनि प्राविधिक ज्ञान भएका तर प्रशासनीक क्षमता नभएकाहरुको आवेदन परेको बताइन्छ । केही निजि मेडिकल संचालकहरुलेसमेत आवेदन दिएकाले प्रतिष्ठान नीजि मेडिकल संचालककाेे हातमा जाने होकी भन्ने प्रतिष्ठानका शिक्षक, कर्मचारीहरुले चिन्ता व्यक्ति गर्न थालेका छन् ।
प्रतिष्ठानका केही राम्रा चिकित्सककोआवेदन परे पनि उनीहरु चिकित्सा शिक्षा र उपचारमा मात्र दक्ष भएको बताइन्छ ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले सहकुलपति तथा स्वास्थयमन्त्री भानुभक्त ढकालको संयोजकत्वमा छनौट तथा सिफारिश समिति गठन भएपछि उपकुलपति बन्न विभिन्न व्यक्तिहरु लविङ भने गरिरहेका छन् । प्रतिष्ठानमा भने भित्रकै प्राध्यापक चिकित्सकलाई उपकुलपति बनाउने कि बाहिरबाट ल्याएको उपकुलपतिलाई स्वीकार गर्ने भन्ने बहस प्रतिष्ठान पनि  भएको छ ।
प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले आर्थिक लेनदेन नगरी उपकुलपति नियुक्ती गर्न माग गरेको छ । साथै, प्रतिष्ठानमा नै योग्य र सक्षम प्राध्यापकहरु भएकोले भित्रैबाट उपकुलपति बनाउन पनि समाजले माग गरेको छ । झण्डै ८ पेज लामो सुझाव पत्रमा समाजका अध्यक्ष डा।विष्णु पोख्रेल र महसचिव डा एसपी रिमालले उपकुलपति छनौट समितिका संयोजक तथा स्वास्थ्यमन्त्रत्री समक्ष ७ बुदे पठाएका छन् ।
 समाजले प्रतिष्ठानलाई नेतृत्व गर्न सक्ने सक्षम प्राध्यापकहरु प्रतिष्ठानभित्र नै भएकोले उनीहरुमध्ये एक जनालाई उपकुलपति बनाउन पनि माग गरेको छ । प्रतिष्ठानले गर्न लागेको हरेक राम्रा कामहरुलाई सरकारको पुर्ण समर्थन हुनुपर्ने पनि समाजले माग गरेको छ ।

इमान्दार र प्रशासनिक क्षमता भएको उपकुुलपति माग
प्रतिष्ठानप्रति इमान्दार र प्रशासनिक क्षमता एवं अनुभव भएको व्यक्ति उपकुलपति हुनुपर्ने माग पत्रमा उल्लेख गरिएको छ । प्रतिष्ठानको समस्याबारे जानकार हुनुको साथै समस्या समाधान तयार  हुनुपर्ने र उपकुलपतिको कार्यकालको प्रत्येक ३ महिनादेखि ६ महिनामा नियमन र मुल्यांकन हुनुपर्ने पनि माग गरेको छ । सञ्चालक परिषद(सिनेट) सदैव प्रो एक्टिभ हुनुपर्ने र कुनै पनि शैक्षिक संस्थानमा अध्यापन गरेको प्राध्यापक हुनुपर्ने समाजको माग छ ।

राम्रोको आवदेन नै परेन
प्रतिष्ठानका धेरैजसो कमैचारी र शिक्षकहरुले १६ जनाको अनुहारमा प्रतिष्ठानका लागि हाल कार्यबहाक उपकाुलपतिको भूमिकामा रहेका डा. गुरु खनालाई नै रोजेका छन् । ‘प्रतिष्ठान सुधार गर्ने योग्य व्यक्तिले आवेदन नै दिएनन । दिएका मध्यमा गुरु खनालनै योग्य छन् ।’–एक चिकित्सकले भने । यहाँका कर्मचारी चिकित्सकहरु डा. अर्जुन कार्की, भगवान कोइराला आउने भन्ने सुनेर हौसिएका थिए , तर उनीहरुको आवेदन नै परेको छैन् ।

को बन्ला उपकुलपति

डा. खनाल, डा. बराल र डा गिरीको नाम सिमारिस हुने सम्भावना रहेको मन्त्रालय श्रोतले जनाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले तीन जनाको नाम सिफारिस गरे पछि कुलपति तथा प्रधानमन्त्री केपी ओलीले एकजनालाई उपकुलपतिमा नियुक्ती गर्ने छन् । विएण्डवि हस्पिटलका प्रिन्सिपल बराल केपीओली निकट मानिन्छन । कोशी अस्पताललाई धोका दिएर उनी बेतलवी विमामा बसेर केपी प्रचण्डलाई मार्सी चामलको भात खुवाउने दुर्गा प्रसाईको कलेजका प्रिन्सिपल हुन बराल । गिरी विराट नर्सिङ होमका संचालक हुन । नोवेल मेडिकलमा कचकच भएर डा. सुनिल शर्मासँग दोस्ती छुटे पछि उनी नेपाली काङग्रेस छाडेर नेकपामा लागेका हुन । सुनिललाई हराउन मोरङ क्षेत्र नं. ३ को निर्वाचनमा भानुभक्त ढकाललाई उनले सघाएका थिए । गिरीलाई मन्त्री ढकालको साथ रहेको बताइन्छ । उनका लागि केपी निकटका पूर्वका शक्तिशाली नेताहरु विनोद ढकाल र पर्शुराम बस्नेतले लविङ गरिरहेको श्रोतले बताएको छ ।
यता माओवादी कोटामा रेक्टर बनेका डा. गुरु प्रसाद खनाललाई प्रचण्डको साथ छ । उनलाई प्रतिष्ठानका निर्देशक र उपकुालपतिको दौडमा सहभागी चिकित्सक बाहेक अधिकाशं चिकित्सक र कर्मचारीहरुको पनि साथ रहेको छ । गुरु खनालका लागि स्थानीय नेकपा पार्टी नेतृत्वको पनि साथ रहेको छ ।
गुरु खनालाई किन जिम्मेवारी ?
पछिल्लो समय आर्थिक तथा प्राविधिक क्षेत्रमा देखिएको अनियमितता र कमजोरीले प्रतिष्ठानको साख गुम्दै गएको छ । पुरानो साख फर्काउने जिम्वेवारी नयाँ उपकुलपतिका निर्भर हुने भएकोले त्यसको जिम्मेवारी हालका कार्यवहाक उपकुलपति खनालले गर्ने धेरेको विशवास छ ।
कार्यवहाक भएर आए पछि केही सुधारका काम गरेको उनले दावी गदैं आएका छन् ।

के के गरे त खनालले

लामो समयदेखि थन्किएको अक्सिजन प्लान्ट पुनः सुचारु गर्ने काम उनलेे गरेका छन् । । फर्जी चेक प्रकरण र बिजुलीको बिल भुक्तानीमा देखिएको अनियमितता बाहिर ल्याएर दोषीलाई कारवाहीको प्रक्रियामा ल्याएका छन् ।
इमरजेन्सीमा चौबीसै घण्टा चल्नुपर्ने अत्यावश्यक सिटी स्क्यान मेसिन पनि एक रुपैया खर्च नगरी ल्याएको उनको दावी छ । पहिला सिटीस्क्यान नभएर धेरै बिरामी रिफर गर्नुपर्ने अवस्था अहिले समाधान भएको छ । मुटु रोगको उपचारका लागि क्याथ ल्याब बिगत लामो समयदेखि नचल्ने बनाईएको र आफु निमित्त भएको २ महिनामै बिना लगानी संचालन गरिएको उनले बताएका छन् ।

आकस्मिक कक्षमा अत्यधिक बिमारीको चाप छ ।  त्यसका लागि आकास्मिक कक्ष पछाडि ४० बेडको भवन बनिरहेको थियो । बिचमा समस्या भएर स्वास्थ्य मन्त्रालयले गर्दा निर्माण कार्य बन्द भएको थियो । हाल त्यो मेरै पहलमा स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएर धमाधम बनाउँदै छौं । त्यो भवन तयार भएपछि आकस्मिक कक्षको समस्या हल हुनेछ । प्रसूती विभागमा पनि समस्या उस्तै थियाे। त्यसका लागि एमसिएच भवन निर्माण हुँदै गर्दा रोकिएको थियो । त्यो पनि स्वास्थ्य मन्त्रालयले निर्माणका लागि अनुमति दिएको छ । 

उनी कार्यवहाक भएर आए पछि २० वटा डायलासिस र ९ वटा आईसियु थप्ने गरी काम सुरु भएको छ । । रेडियोलोजीमा ९ वटा अल्ट्रासाउन्ड मेसिन मध्ये ७ वटा बिग्रिएको अवस्था थिए । ७ वटा सुचारु भएका छन् । प्रतिष्ठानमा कामचोर प्रवृति भएका कर्मचारी, चिकित्सकहरुको अनुगमनका लागि छुट्टै टिम बनाउका छन् । उनले २० बर्षे कार्ययोजना बनाएर विज्ञहरुको सल्लाहामा प्रतिष्ठानलाई देशकै नमुना बनाउने योजना अघि सारेको बताए ।

dr. khanal_IMG_20190319_111448