दमक/ माछा पाल्नका लागि धेरै जग्गा चाहिन्छ । बिगौं बिगाह जमिनमा माछा पालन ग¥यो भने धेरै कमाइ हुन सक्छ । जति सक्दो ठुलो खाडल खन्नुपर्छ भन्ने आम माछा पाल्ने किसानको सोच हुन सक्छ । तर, यो सोचलाई बदलिदिएका छन् झापा गौरादह नगरपालिका २ स्थित क्याम्पस मोडका मोहन पराजुलीले ।

१० धुर जग्गामा पराजुलीले माछा पाल्दै आएका छन् । उनले १० धुर जग्गामा ४ माछा खाडल बनाएका छन् । तर उनको खाडल जमिन मुनि होइन, जमिन माथि छ । माछा पाल्नलाई खाडल नै खन्नुपर्छ भन्ने सोचमा समेत उनले परिवर्तन गरिदिएका छन् । १० धुर जग्गामा १०÷१० हजार क्षमता भएका ४ वटा पानीको ट्याङ्की राखेर उनले माछा पालन गरिरहेका छन् । उनले यसरी माछा पाल्ने प्रविधिको नाम हो बायोफ्लक्स प्रविधि ।

पछिल्लो समय यो प्रविधिबाट माछा पालनतिर आर्कषण बढ्दै गएको छ । नेपालमा नै पहिलो पटक यो नयाँ प्रविधिबाट माछा पालन गर्ने किसानको आर्कषण बढ्दै गएको हो । यो प्रविधिको प्रयोग गर्दा माछा पाल्ने ठुला–ठुला खाडी बनाएर जमिन बिगार्न पर्दैन ।

ठुलो पोखरीमा हालेका माछाका भुरा मध्ये ३० देखि ४० प्रतिशतसम्म विभिन्न सर्प, भ्याुगता बकुल्ला लगायतले खाने गर्दछन् । घरको पश्चिमपट्टिको १० धुर जग्गामा चारवटा ट्याङ्की निर्माण गरेर माछा पालन गर्न शुरु गरेका पराजुली अब चाँडै क्षेत्र विस्तार गरेर धेरै ट्याङ्की निर्माण गर्ने योजनामा रहेको सुनाउँछन् ।

सामान्य त एउटा दश हजार लिटर पानी आट्ने ट्याङ्की निर्माण गरिन्छ । ४ फिटदेखि साढे चार फिट अग्लो यो ट्याङ्की एक पटकमा १२ सय माछाको भुरा पाल्न सकिने पराजुलीले बताउँछन् । ‘सानो ट्याङ्की भएकाले चारो समेत सबै माछाले समान रूपले खान पाउँछन् । यसले गर्दा सबैमो तौल समान खालकै हुन्छ ।

ठुलो पखरीमा भुरा हालेको ६ महिनादेखि पछिमात्र माछा खान योग्य हुन्छन् । यो नयाँ प्रविधिमा ४ महिनामा नै माछा खान योग्य हुन्छन् ।’ पराजुलीको अनुभव छ । समय क्षेत्रफल लगानी समेत सबै कुराको दृष्टिले किफायती भएका कारण मैले यो प्रविधिलाई रोजेको हो पराजुलीले ब्लाष्टसँगको कुराकानीमा सुनाए ।

यो प्रविधिबाट माछा पाल्दा छानो हालेर सुरक्षित प्लाष्टिकको ट्याङ्की निर्माण गरिन्छ । ट्याङ्कीमा माछा पाल्नु अघि यसको उपचार गरिन्छ । पानी भरेपछि प्रति ट्याङ्की १० किलो ढिके नुन, अधा किलो गुड वा सखर मिसाएर सात दिनसम्म राख्नुपर्छ । यसो गर्दा माछालाई आवश्यक पर्ने खाद्य तŒव पानीमा उत्पादन हुने गर्दछन् ।

१४ दिन पछि माछाको भुरा हाल्न सकिने उनको भनाइ छ । यसरी पालिएका माछा ४ महिनामा र्औसतमा ५ देखि ७ सय ग्राम तौलसम्मका हुने गरेको पराजुलीले बताए । ‘यो नेपालमा पहिलो प्रयास भएकाले मैले पनि परीक्षण तथा अध्ययनको रूपमा नै लिएको छु । यसबाट केही सकारात्मक प्रतिफल आएको छ । अब यसलाई चाँडै विस्तार गर्ने योजनमा छु ।’ पराजुलीले योजना सुनाए ।

नेपालमा व्यवसायिक रूपमा यो प्रविधि भिœयाउने झापाको बिर्तामोड नगरपालिकाका कालिका वायोफ्क्स फिस फर्मिङका सञ्चालक कुबेर ढुङ्गाना हुन् । लामो सयमसम्म विदेशमा बसे । नेपाल फर्कंदा के गर्ने भन्ने अन्यौल भयो । मेरो साथीसँग इण्डोनेशिया घुम्न जाँदा त्यहाँ यो प्रविधिको प्रयोग गरेर माछा पालन गरेको देखे । यस विषयमा धेरै अध्ययन समेत गरे । त्यपछि नेपाल फर्केर आएपछि आफ्नै करेसा बारीमा ६ वटा ट्याङ्की निर्माण गरेर माछा पालन शुरु गरेको ढुङ्गानाले बताए ।

यही प्रविधिलाई अहिले प्राविधिक ज्ञानसहित यसको विस्तरमा लागेको छु ढुङ्गानाले सुनाए । अहिले हामीमार्फत् नै नेपालका विभिन्न क्षेत्रमा ६० वटाभन्दा बढी ट्याङ्की निर्माण भइसकेका छन् उनले भने एउटा ट्याङ्की निर्माण गर्न ६० हजार रुपैयाँ मात्र खर्च हुने गरेको छ ।’ यो प्रविधिबाट माछा पालन गर्ने चलन इण्डोनेशिया कोरिया र इजरायलमा बढी चलेको बताइएको छ ।