खाँदबारी  / आफ्नो जिल्लाको गौरव बढाएको भन्दैं संङ्खुवासभाको खाँदबारी नगरपालिकाको २३ औ स्थापना दिवसमा नगरपालिकाका उच्च पदस्थ व्यक्तिहरुलाई सम्मान गरेको छ ।
नगरपालिकाको स्थापना दिवसको अवसरमा ७ विधामा २६ जनालाई विभुषण र पदकले सम्मान गरिएको हो । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र गृहमन्त्रालयका पूर्वसचिव प्रेमकुमार राईलगायतलाई सम्मान गरेको छ ।
उनीहरुलाई प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले सम्मान गरेका थिए । २३ औ स्थापना दिवसमा नगरपालिकाले खाँदबारी गौरव पदकबाट प्रमुख आयुक्त थपलिया र पूर्वसचिव तथा लोकसेवा आयोगका अध्यक्ष स्व. सन्तबहादुर राईलाई सम्मान गरेको छ । देशकै प्रतिष्ठा बढाउन योगदान पु¥याउने नगरबासीलाई खाँदबारी नगरपालिकाको विभूषणसम्बन्धी ऐनको आधारमा सम्मान गरिएको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए ।

83687609_2689950571081503_4013971891042648064_n
शनिवार आयोजना गरिएको वृहत कार्यक्रममा खाँदबारी गौरव, खाँदबारी रत्न, खाँदबारी तारा, खाँदबारी पौरख, खाँदबारी ज्योति, खाँदबारी समाजसेवा र खाँदबारी सेवाश्री पदकमा २६ जनालाई पदकले सम्मान गरेको हो ।
खाँदबारी रत्न पदकबाट खाँदबारी १ निवासी पूर्वगृहसचिव प्रेमकुमार राई, मरणोपान्त दुर्गादेवी घिमिरे, खाँदबारी नगरपालिकाका प्रथम मेयर स्व. किरण शाक्यलाई विभूषित गरिएको छ । खाँदबारी ताराबाट स्वर्गीय लोकगायक खेमराज गुरुङ, अमेरिकाको लागि नेपाली राजदुत डा.अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधी अमृत राई, डा. हिरामणी घिमिरे, लोकगायक नवीन खड्का र खाँदबारी ज्योतिबाट डा.बिना राई, जयप्रसाद चापागाई, हरिप्रसाद भण्डारी, कृष्ण गोपाल, सोमराज अभयलाई विभूषित गरिएको हो । खाँदबारी पौरखबाट जगत शाक्य, लक्ष्मीप्रसाद गुरुङ, चक्र बिसुन्के र खाँदबारी समाजसेवा श्री सूर्यबहादुर श्रेष्ठ, जयबहादुर श्रेष्ठलाई सम्मानित गरिएको छ । त्यसैगरि खाँदबारी सेवाश्री बिनाकुमारी शाक्य, बिष्ण बुढाथोकी, मदन अर्याल, खेमराज नेपाल, सुरेन्द्र बिष्ट र नईन्द्र मगरलाई विभूषित गरिएको छ ।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, मातृका तिम्सिना लगायत विद्यावारिधि गरेका, पत्रकारिता र अन्य कार्यमा अब्बल भूमिका निर्वाह गरेका व्यक्तिलाई सम्मान गरिएको छ ।

83414730_2689950294414864_1278982527071027200_n