विराटनगर / नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुुजाता कोइरालाले पार्टी नेतृत्व नसच्चिए कांग्रेसको असतित्व समाप्त भएर जाने बताएकी छिन् ।
प्रेस युनियन मोरङले विराटनगरमा शनिबार विहान आयोजना गरेकोे पत्रकार सम्मेलनमा वोल्दै उनले कांग्रेसलाई वचाउन पनि नेतृत्व परिवर्तन आवश्यक रहेको बताएकी हुन् ।
‘मेरो भन्दा पनि पार्टी हाम्रो हो भन्ने वनाउन कांग्रेसको नेतृत्वमा अब नयाँ अनुुहार आउन ुपर्दछ,’ उनले भनिन् । उनले सहमती सहकार्य र एकताका साथ पार्टीको भविष्य वनाउने नेतृत्वका कांग्रेसमा आवश्यक रहेको बताइन् ।
कांग्रेस नेतृ कोइरालालले पार्टीलाई वलियो बनाउन शिर्ष नेताहरूले पदको लोप त्याग्नुपर्ने बताइन् । ‘कोइराला परिवारका हामी तीन जना एक ठाउँमा उभिएका छौ,’ उनले भनिन्, ‘भोली आवश्यक प¥यो भने पार्टीको नेतृत्व लिन पनि तयार छौँ । सवैलाई मिलाएर लैजान सक्ने नेतृत्व आए आफुुहरुको नेतृत्वको दावी छाड्न पनि सक्नेछौं ।’
उनले नेतृत्व मोह भन्दा पनि कांग्रेसको माया रहेकाले जो आए पनि कांग्रेस वचोस भन्ने हाम्रो चाहाना रहेको उनको भनाई थियो । उनले अमेरिकन सरकारले प्रदान गर्ने एमसिसी परियोजना नेपालको उन्नती र विकासका लागी आवश्यक रहेको समेत बताइन । एमसिसी परियोजनावाट नेपाल सरकारलाई ठूुलो रकम आउने भएकाले दलहरुको सहमतीमा यो परियोजना संसदवाट पास हुुनुुपर्नेमा उनले बताइन् । आफुुले अध्ययन गरे अनुुसार एमसिसिको केही केही वुुदामा त्रुुटिछन त्यसलाई परिमार्जन गर्नुु आवश्यक रहेको उनको भनाई थियो ।