ब्लाष्टखबर ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालयको बैठकले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बालुबाटारमा अाज बसेकाे सचिवालय बैठकले एकमतले  सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको  नेकपाका  महासचिव विष्णु पौडेलले बताएका छन् ।

अाजै बिहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो । 

भोलि बस्ने संसद बैठकबाट प्रक्रिया अगाडि बढाइनेछ ।