इनरुवा / जिल्लामा एकीकरण भएको झण्डै ९ महिना पछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुनसरीका नेताहरुले हिजोदेखि जिम्मेवारी पाएका छन् ।  सुनसरी जिल्ला कमिटिको दोस्रो पुर्ण बैठकले कार्यविभाजनसहित जिम्मेवारी बाडफाड गरेको हो ।
बैठकले ४५ सदस्यीय सचिवालय गठन गरेको छ । ११ सदस्य पछि थप गर्ने गरि सचिवालय गठन गरेको हो । सुनसरीका १२ वटै स्थानीय तहको इञ्चार्ज र सहइञ्चार्ज पनि तोकेको छ ।
राती अवेरसम्म चलेको बैठकले , विभिन्न २९ वटा विभागको जिम्मेवारी पनि बाडफाड गरिएको छ । संगठन विभाग प्रमुखमा नन्द बस्नेत, स्कुल विभाग प्रमुखमा चोत्लुङ, अर्थ योजना विभाग प्रमुखमा जयकुमार राई, प्रचार विभाग प्रमुखमा राजन केडी, पर्यटन विभाग प्रमुखमा मुरारी सुवेदीलाई जिम्मेवारी दिइएको बैठकमा सहभागी जिल्ला कमिटी सदस्य भीमज्वाला राईले जानकारी दिए । राईले मजदुर फाँटको जिम्मेवारी पाएका छन् ।

धरान र इटहरी उपमहानगरको इञ्चार्जमा फोक्वाहाङ सुब्बा(चोत्लुङ) र राजकुमार गिरीले पाएका छन् । सहइञ्चार्जमा क्रमश पदम इस्पो र भीम सुवेदीले पाएका छन् । धरान तत्कालिन माओवादीको भागमा र इटहरी तत्कालि एमालेको भागमा परेको छ ।

यस्तै, इनरुवा नगरपालिकाको इञ्चार्जमा गोपी ढकाल र सहइञ्चार्जमा ओमकार दाहालले जिम्मेृवारी पाए । रामधुनी नगरपालिकाको इञ्चार्जमा श्यामनारायण राजधामी र सहइञ्चार्जमा दिनेश चौधरीले जिम्मेवारी पाए । यस्तै दुहबी नगरपालिकाको इञ्चार्जमा राजेन्द्र चौधरी र सहइञ्चार्जमा रोशन शर्मा, बराहक्षेत्र नगरपालिकाको इञ्चार्जमा केशव तिम्सिना र सहइञ्चार्जमा पुष्प ढुंगानालाई जिम्मेवारी दिइएको छ ।
उता कोशी गाउँपालिका इञ्चार्जमा मञ्टु यादव र सहइञ्चार्जमा रामचन्द्र मटियत, हरिनगर गाउँपालिकाको इञ्चार्जमा दिलु मियाँ, देवानगञ्ज गाउँपालिकाको इञ्चार्जमा जमुना मेहता र सहइञ्चार्जमा श्यामदेव साह, गढी गाउँपालिकाको इञ्चार्जमा आशनारायण चौधरी र सहइञ्चार्जमा अनुष्ठ दाहाल, बर्जु गाउँपालिकाको इञ्चार्ज देवी रिजाल र सहइञ्चार्जमा जगत भटराईले जिम्मेवारी पाएका छन् ।
बैठकमा नेकपा स्थायी कमिटि सदस्य तथा प्रदेश १ इञ्चार्ज भिम आचार्य, प्रदेश सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश अध्यक्ष देवराज घिमिरेलगायतको उपस्थितिमा बैठक भएको थियो । कार्यालय सचिवमा भने सहमति हुन नसके पछि कार्यालय सचिवको जिम्मेवारी बाँकी राखिएको छ । धेरैजनाले इच्छा देखाए पछि सहमति हुन नसकेको हो ।