धरान / धरान–१२ स्थित एम्स एकेडेमीको ‘एम्स स्पोर्टस् मिट’ बिहीबार सम्पन्न भएको छ ।
स्पोर्ट्स मिटमा फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, फुटसल, बास्केटल प्रतियोगिता गरिएको छ । बिहीबार धरान–१६ स्थित इण्डोर बास्केटबल कोर्टमा बास्केटबल प्रतियोगिता गर्दै कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा कक्षा १२ र ११ बीचको स्पर्धामा ३४–१८ को अङ्कले कक्षा ११ विजयी बनेको छ । मङ्गलबारदेखि शुरु भएको प्रतियोगितामा करिब ३ सय विद्यार्थीहरू सहभागी बनेको स्कुलका प्राचार्य मित्र तामाङले जानकारी दिए ।

प्रतियोगितामा बास्केटबलमा कक्षा १२ की आस्था राई र समिर राई, भलिबलमा कक्षा १२ का ज्ञानुकला तामाङ र हिमाल राई, फुटबलमा कक्षा १२ का अतीत लिम्बू र फुटसलमा कक्षा ११ का पायल तामाङ उत्कृष्ट खेलाडी घोषित भएको विद्यालयका कोअर्डिनेटर हेमन्त भण्डारीले जानकारी दिए । विजेता टिम तथा खेलाडीहरूलाई नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, विद्यालयका निर्देशक अनुप योञ्जन, एन्फा प्रदेश १ तदर्थ समितिका सचिव नवीन राईलगायतले पुरस्कार वितरण गरे ।