पथरीशनिश्चरे । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मोरङको पथरीशनिश्चरेका टीकाराम श्रेष्ठको परिवारलाई १ करोड ६ लाख ५० हजार दुर्घटना मृत्यु बिमा भुक्तानी गरेको छ ।

पथरीशनिश्चरेमा एक कार्यक्रको आयोजना गरी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी उर्लाबारी शाखाका प्रमुख रोशनकुमार यादवले मृतक श्रेष्ठकी पत्नी गीता लिम्बू श्रेष्ठलाई दुर्घटना मृत्यु लाभ सहित जीवन विमाको रकम प्रदान गरिएको हो । उनलाई रकम दावी भुक्तानी वापत र १ करोड ६ लाख ५० हजार रुपैंया प्रदान गरिएको कम्पनीका उर्लाबारी शाखा प्रमुख यादवले जनाए ।

विद्यालय संचालक तथा प्रधानाध्यापक रहेका श्रेष्ठले २०७५ सालमा मात्र विमा गरेको यादवले बताए । ५० लाखको १५ वर्षे बिमा गरेका श्रेष्ठले मृत्युपूर्व २ किस्ता ( ६ लाख ९१ हजार )मात्र तिरेको भएता पनि दुर्घटना मृत्यु लाभ सहितको सो विमा रकम परिवारलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

मृतक श्रेष्ठलेले पथरी शनिश्चरेका व्यवसायी मनोज श्रेष्ठ मार्फत विमा गरेको श्रेष्ठको २०७६ साल पौष ३ गते उदयपुरमा भएको जिप दुर्घटनामा ज्यान गएको विमा अभिकर्ता मनोज श्रेष्ठले विमा रकम हस्तान्तरण कार्यक्रममा जानकारी दिए ।