धरान / धरान–६ स्थित सयपत्री बोइज युनियन क्लवले संचालन गदैं आएको प्रदेश नं १ स्तरीय पानवारी भलिबल रनिङ कपको पाँचौं संस्कबरण माघ पहिलो साताबाट हुुने भएको छ ।

आयोजक क्लबले आज पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ ६ गतेदेखि ११ गतेसम्म आयोजना हुने जानकारी दिएको छ । धरानको वडा नं ६, पानवारीस्थित सिमल चौरी खेल मैदानमा हुने प्रतियोगिता १० वटा सतरीय टिमले भाग लिने छन् ।
प्रतियोगिताको विजेताले चाँदीको रनिङ ट्रफीसँगै नगद ७५ हजार पाउने छ । उपविजेताले ४१ हजार पुरस्कार राखिएको आयोजक क्लबका अध्यक्ष एसपजंग रुम्दालीले पत्रकार सम्मेलनमा बताए ।

क्लवका महासचिव केदार बस्नेतका अनुसार सम्भावित टिमहरुमा १ नं प्रदेश प्रहरी विराटनगर, महेन्द्र क्याम्पस धरान, सशस्त्र प्रहरी बल पकली, याङशिला युवा भलिबल टिम मोरङ, फुङ्नाम स्पोर्टिङ क्लब इलाम, नेपाल आर्मी इटहरी, डुम्राहा क्लब रामधुनी, भोजपुर भलिबल क्लब भोजपुर, डाँडाबजार भलिबल क्लब धनकुटा र आयोजक क्लब रहेको छन् ।