सभामुख विवादले प्रतिनीधी सभा बैठक हुन सकेन

alt
  • पुष २७, २०७६
  • ९४ पटक पढिएको
  • ब्लाष्ट खबर

काठमाडै । प्रतिनिधिसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । बैठकको अध्यक्षता गर्ने उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले आज विशेष कारणवश बैठक स्थगन गरी अर्काे बैठक आगामी माघ ६ गते अपराह्न १ बजेका लागि तोक्नुभएको सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । यही पुस ४ गतेदेखि शुरु भएको सङ्घीय संसद्को पाँचौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक रिक्त सभामुखको निर्वाचन कार्यतालिका र उम्मेदवार चयनमा राजनीतिक सहमति नहुँदा यसअघि पनि यही पुस ११ र १६ गते स्थगन भएको थियो ।

संसद् सचिवालयका एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयका आधारमा तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिएका थिए।

 सत्तारूढ नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेकाले प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ । सभामुख र उपसभामुख फरक फरक दलबाट चयन हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिई दुवै पदको नयाँ निर्वाचनको प्रक्रियाका लागि मार्गप्रशस्त गर्न नेकपा नेतृत्वले आग्रह गरिसकेको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उपसभामुख तुम्बाहाङ्फेले पराामर्श पनि गर्दै आएकीछन । उपसभामुख तुम्बाहाङ्फेले रिक्त सभामुखमा आफूलाई उम्मेदवार बनाउन माग गर्दै आएकीछन ।

‘डलर’ मा कार्टुन क्र ...

गायक राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवा ...

कोशी महोत्सव: १ लाखब ...

भण्टाबारी/ कोशी गाउँपालिकाको कार्यालयले १ लाखबढी पर्यटक ...

अपडेटः फरार भएका लर् ...

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका – ६ कदमास्थि ...

लिम्बू पत्रकारमा कुश ...

धरान/ लिम्बू पत्रकार सङ्घ सुनसरीको तेस्रो अधिवेशनबाट कु ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved