ब्लाष्टखबर । प्रदेश ३ काे राजधानी हेटाैंडा राख्ने प्रस्ताव पारीत भएकाे छ ।

 आइतबार राजधानी हेटौंडा राख्ने प्रस्तावकाे पक्षमा १०५  मत प्रप्त गरेपछी उक्त प्रस्ताव पारीत भएकाे छ  । 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।

३ सांसदले भने हेटौंडा स्थायी राजधानी बनाउन नहुने पक्षमा मत जायर गरेका थिए ।