धरान/ बीसौं टुर्बोग गोधुली रनिङ कपअन्तर्गत बिहीबारको खेलमा धरान–१६ र धरान–८ क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

धरान रङ्गशालमा जारी पहिलो खेलमा धरान–१६ ले धरान–१३ लाई १–० गोलले हराएको छ । खेलमा निर्णायक गोल दोस्रो हाफको ११ औं मिनेटमा मन्दिप बस्नेतले गरे । खेलको म्यान अफ दी म्याच पनि उनी नै घोषित भए । उनलाई नगद १५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ ।

त्यस्तै दोस्रो खेलमा धरान–८ ले धरान–१४ लाई पनि १–० गोलले नै हराउन सफल भएको हो । जितका लागि धरान–८ का आयुस माझीले गोल गरे ।

उनले खेलको ३४ औं मिनेटमा निर्णायक गोल गर्दै टिमलाई क्वार्टर फाइलनमा पु¥याए । खेलको म्यान अफ दी म्याच घोषित हुँदै उनले नगद १५ सय रुपैयाँसहित ट्रफी पाए ।

प्रतियोगितामा आज (शुक्रबार) को पहिलो धरान–६ र धरान–७ बीच हुँदै छ भने दोस्रो खेल धरान–१ र धरान–१८ का बीच हुने आयोजक गोधुली क्लबका सदस्य सुवास राईले जानकारी दिए ।