धनकुटा । पुर्वी पहाड कै प्रतिष्ठत फुटवल प्रतियोगिताको रुपमा विगत १५ वर्ष देखी धनकुटामा संचालन हुँदै आएको शहिद भिमनारयण गोल्डकप आगामी चैत्रको दोश्रो सातामा हुने भएको छ ।

शहिद भिमनारयण स्मृति प्रतिष्ठानले गएको २०७६ वैसाख २८ देखी जेष्ठ ३ गतेसम्म धनकुटाको तल्लो टुडिखेलमा संचालन गरेको १४ औं संस्करणको आय–व्याय सार्वजानिक गर्दै १५ औं संस्करण भने आगामी चैत्रको दोश्रो सातामा हुने सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।

प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको पत्रकार सम्मेलनमा शहिद भिमनारयण गोल्डकप प्रतियोगिताका संयोजक संम्भु प्रधानले १४ औं संस्करणका आय–व्याय विविध कारणले सार्वजानिक गर्न ढिलो भएको बताए । १४ औं संस्करणमा ३० हजार दर्शकले प्रतक्ष्य रुपमा अवलोकन गरेको पनि जानकारी दिइएको छ । संयोजक श्रेष्ठले सहयोगी दाताहरुले दिने भनिएको सहयोग रुकम लामो समय पछि मात्र संकलन भैसकेकाले सार्वजानिक गर्न ढिलो भएको पत्रकार सम्मेलनमा जानकारी दिए । उनले १५ औं संस्करण आगामी चैत्रको दोश्रो सातामा संचालन गर्ने गरी जिल्ला फूटवल संघसंग आवश्याक समन्वय गरेर अघि वढेको वताउँदै सम्पुर्ण पत्रकारहरुलाई आवश्याक सहयोग गर्न आग्रह गरे ।

सो अवसरमा प्रष्तिठानका कोषाध्यक्ष रिना श्रेष्ठले १४ औं शहिद भिमनारयण गोल्डकप प्रतियोगिताको आम्दामी खर्च सार्वजानिक गरे । उनले स्पेसल टिकट विक्रीबाट ३९ हजार,  गेट टिकट विक्रीबाट १ लाख, ८५ हजार, ४ सय, धनकुटा नगरपालिका ६ लाख, ९९ हजार, १ सय, रुसलान भोड्का २ लाख, ५५ हजार, सामाजिक विकास मन्त्रालय ४ लाख, ९६ हजार, ४ सय ६१, जगशक्ति १ लाख, ७० हजार, धनकुटामा रहेका विभिन्न संघसंस्थाहरुवाट एकमुष्ट संकलन २ लाख, २० हजार, ५५ लगायत गरी जम्मा २३ लाख, १६ हजार,४ सय ६ रुपयाँ आम्दामी भएको विवरण सार्वजानिक गरे ।

त्यसैरी खर्च तर्फ ७ लाख, १० हजार, विभिन्न टिम खर्च ९ लाख, ४५ हजार, रेफ्री अफिसियल १ लाख, ३९ हजार, आयोजक टिम ६५ हजार लगायत गरी जम्मा खर्च २२ लाख, ७७ हजार, ५ सय ५८ भएको र ३८ हजार, ८ सय ४८ रुपयाँ वचत भएको कोषाध्यक्ष रिना श्रेष्ठले जानकारी दिए । उनले अझै ७० देखी ८० हजार रकम उठ्न वाँकी रहेको र उक्त रकम उठेको खण्डमा आम्दामी समेत थपिने बताए ।

प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको पत्रकार सम्मेलनमा जिल्ला फुटवल संघ धनकुटाका अध्यक्ष गोविन्द राई, शहिद भिमनारयण गोल्डकपका संस्थापक अध्यक्ष एवं पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले शिहद भिमनारयण गोल्डकप प्रतियोगिता आफैमा एन्फाको सुचिभित्र परिसकेकाले १५ औं संस्करण पनि सभ्य र भव्य रुपमा सम्पन्न हुने धारणा व्यक्त गरेका थिए । संचालन प्रष्ठिानका महासचिव रोशन श्रेष्ठले गरेका थिए ।

 

तस्विर÷पत्रकार सम्मेलनको हो ।