उर्लाबारी । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालको संबिधान प्रति आपती जनाउने दलहरुलाई सरकारमा अवद्ध गराई सरकारले सफलता प्राप्त गरेको बताएका छन ।    

मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीको शुक्रबार भएको १९ औ“ वार्षिक साधारणसभालाई संम्बोधन गर्दै  मन्त्री ज्ञवालीले वर्तमान सरकारले नया“ संविधान जारी गर्दा  असहमती जनाउने दलहरुलाई सरकारमा आवद्ध गराएर  संबिधानलाई पूर्ण कार्यान्वयन गराउन सफल भएको बताएका छन  ।

नेकपाको नेतृत्वमा बनेको सरकारले संबिधान नमान्ने भन्दै संबिधान जलाएर हिडेका दललाई  सरकारमा ल्याएर संबिधानको पूर्ण कार्यान्वयन गराएको बताउदै मन्त्री ज्ञवालीले देश अब बिस्तारै समृद्धिको बाटोमा अगाडी बढिरहेको बताउदै“ सरकारको आलोचना गर्नु रचानात्मक कार्य गरी समृद्धिको बाटो हिड्न सवैलाई आग्रह गरेका छन । भारत सग“को सिमा विवादका बिषयमा सरकारले नेपालको अन्र्तराष्ट्रिय सम्बन्ध सुमधुर बनाउने दाबी गर्दै नेपाल–भारतको सिमा विवाद पनि कुटनितिक माध्यमबाटै चाडै“ समाधान बताएका छन ।

प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालको अध्यक्षतामा भएको सो सभामा मन्त्री ज्ञवालीले प्रतिष्ठानले जननेता मदन भण्डारीले जनतालाई केन्द्र बिन्दुमा राखेर कार्य संम्पादन गरेको बताउदै“ जनप्रतिनिधि तथा नेता कार्यकर्ताले अब जननेता भण्डारी जस्तै जनताको हितमा काम गर्न सकेमात्र समाजवादको अनुभुती हुने बताएका छन ।

सोही अवसरमा प्रतिष्ठानका पूर्व पदाधिकारी, उत्कृष्ट विद्यार्थी, कर्मचारी, प्रशिक्षक तथा महिला समुह लगायतलाई पुरस्कृत पनि गरिएको थियो । जननेता मदनकुमार भण्डारीको स्मृतिमा स्थापना भएको यस प्रतिष्ठान स्वस्थ्य, प्राविधीक तथा ईन्जिनियरीङ अध्ययनको लागि पूर्व क्षेत्रका उत्कृष्ट गन्तव्य बनेको सरोकारवालाले बताएका छन ।