भण्टावारी । विकास निर्माणकार्य राजनीति नगर्न नेपाली काङ्ग्रेस नगर कार्य समिति इनरुवाले सबैमा अपिल गरेको छ ।  मधेशामा प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत सडक कालोपत्र हुन लागेकोमा स्थानीय नेकपाबाट निर्वाचित जनप्रतिनिधिले अवरोध गर्न खोजेपछि नेपाली काङ्ग्रेस नगर कार्य समिति इनरुवाले प्रेस बिज्ञप्ति निकाल्दै यस्तो अपिल गरेको हो ।
 
विकास निर्माणकार्य नगरबासी एकजुट भई इनरुवा नगरपालिका वार्ड नम्बर ६ मधेशामा सडक निर्माणकार्य संचालन गर्न लागिएको नेपाली काङ्ग्रेस नगर कार्य समिति इनरुवाले निकालेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
 
प्रदेश सरकारका सांसद तथा एक नम्बर प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले मंगलबार शिलान्यास गरेको सडक निर्माणकार्य सम्बन्धमा केहि विकास विरोधी राजनैतिक दलका स्थानीय नेताकार्यकर्ताले खेदपूर्ण भाषा प्रयोग गरेकोमा इनरुवा काङ्ग्रेसले आपत्ति जनाएको छ । नेपाली काङ्ग्रेस नगर कार्य समिति इनरुवाका सचिव धीरज भट्टराई र रोशन कुमार खड्काद्वारा  हस्ताक्षर गरिएको प्रेस बिज्ञप्तिमा भनिएको छ, पार्टी विशेषलाई गाली गर्नु अत्यन्त दुर्भाग्यपूर्ण भएको थाहा गर्दै उप्रान्त त्यस्ता विकास विरोधी कार्य नगर्न अपिल गर्दछौं ।
 
सांसद जनताको साझा प्रतिनिधि हुने भएकोले पार्टीको मात्र लेबल लगाउने कार्य नगर्न प्रेस बिज्ञप्तिमार्फत इनरुवा काङ्ग्रेसले अपिल गरेको छ । अन्यथा सम्पूर्ण विकासप्रेमी जनतालाई साथ लिएर चरणबद्ध आन्दोलनमा उत्रने नेपाली काङ्ग्रेस नगर कार्य समिति इनरुवाले चेतावनी दिएको छ ।