इनरुवा । मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेलहरु सुनसरीको इनरुवामा आजबाट संचालनमा आएको छ ।
पहिलो खेल यतिबेला प्रदेश नम्वर १ र प्रदेश नम्बर ५ बिच जारी छ ।

इनरुवा खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको प्रदेश नम्बर एक ३१ दशमलव २ ओभरमा अलआउट हुन पुगेको छ । प्रदेश नम्बर ५ का वलरहरुले उत्कृष्ट प्रर्दशन गरेपछि प्रदेश एक सस्तैमा समेटिएको छ ।

प्रदेश एकमा लागि फिरदोस अन्सारीले २३ तथा पुष्प थापा र दिपेश कंडेलले समान २२ रन जोडे । प्रदेश एकका सातजना ब्याट्सम्यान १० रन भन्दा कम स्कोरमा आउट हुन पुगेका थिए । प्रदेश ५कालागि विक्रम भुषाल एक्लैले ५ विकेट चटकाए । १ सय २२ रनको बिजय लक्ष पाएको प्रदेश ५ ले ब्याटिङ थालेको छ ।

प्रतियोगिताको उद्घाटन राखेपका सदस्य सचिव रमेश सिलवालले गर्नु भएको थियो ।

इनरुवा नगरपालिका र मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश नम्वर १ ले एमएम कपको दोस्रो संस्करण आयोजना गरेको हो ।
माघ ४ गते सम्म चल्ने प्रतियोगितामा विभागीय टिमहरु नेपाल पुलिस, एपीएफ र आर्मी सहित सातवटै प्रदेश, आयोजक र मलेसियन राष्ट्रिय टिमले सहभागिता जनाउँदै छन् ।