विराटनगर / प्रदेश १ मा एक वर्षमा पाँच लाख पर्यटक भित्रयाउँने लक्ष्य राख्दै प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० बुधबारबाट औपचारिक रुपमा शुभारम्भ भएको छ ।  प्रदेश राजधानी विराटनगरस्थित सहिद मैदानमा विशेष समारोह आयोजना गरी प्रदेशमा नेपाल भ्रमण वर्ष सुरु भएको औपचारिक घोषणा गरिएको हो ।
प्रदेशका मुख्यमन्त्री शेरधन राईले भ्रमण वर्षको उद्घाटन गर्दै प्रदेशलाई विश्वभरका पर्यटकका लागि गुणस्तरीय भ्रमण गन्तव्य बनाउँने र भम्रण वर्षमा पाँच लाख पर्यटक ल्याउने सरकारको लक्ष्य पुरा गर्ने बताए । ‘यो एउटा इभेन्ट मात्र होइन आर्थिक समृद्धिको आधार पनि हो,’ मुख्यमन्त्री राईले भने, ‘हामीसँग भएका सम्पदाहरु र अघि बढाएका योजनाहरु पर्यटन प्रवद्र्धनको आधार बन्नेछन् ।’ उनले सबै पक्षको साथ सहयोग र सहभागिताको जरुरी रहेकोले सार्थक सहभागिताका लागि उनले अपिर गरे ।

नेपाल भ्रमण वर्षको अवसर पारेर अन्तराष्ट्रिय सम्मेलन, अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता, चलचित्र महोत्सव जस्ता महत्वपूर्ण कार्यक्रमहरु आयोजना गर्ने र त्यसले पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने मुख्यमन्त्री राईले बताए । ‘हामीसंग नेपालको सबैभन्दा होचो भाग केचनाकवल छ । संसारकै होचो उपत्यका अरुण उपत्यका पनि हामी संगै छ,’ उनले भने, ‘विश्वकै सर्वोच्च शिखर सगरमाथासहित दर्जनौ मनै लोभ्याउने हिमाली क्षेत्रहरु हाम्रै प्रदेशमा रहेको छ । सगरमाथा राष्ट्रिय निकुन्ज, मकालु बरुण राष्ट्रिय निकुन्ज, कंचनजंघा राष्ट्रिय निकुन्ज र कोशी टप्पु बन्यजन्तु आरक्षण क्षेत्र पनि यही प्रदेशमा अवस्थित छन । यो प्रदेश ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक, प्राकृतिक र जैविक विविधताले धनी छ । प्रदेश जातीय विविधता र सांस्कृतिक विशेषतायुक्त भएकोले पनि पर्यटनको प्रचुर सम्भावना रहेको छ ।’ नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राईले नेपाल भ्रमण वर्षले प्रदेशको आर्थिक विकास र समृद्धिको ढोका खोल्ने विश्वास व्यक्त गरे ।
प्रदेश सरकारले उद्घाटन सत्रलाई भव्य बनाउन हेलिकप्टरबाट पुष्पवृष्टि गरेको थियो भने बेलुनमा नेपाल भ्रमण वर्ष २०२० लेखेर कार्यक्रम स्थलमा उडाइएको थियो । त्यस क्रममा विभिन्न जातजातिहरुको सांस्कृतिक पहिचान झल्काउने झाँकीहरु प्रदर्शन गरिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, एनसिसिएन र नेपाल स्काउटको टोलीले कार्यक्रम स्थलमा कवाज प्रदर्शन गरिएको थियो । विभिन्न विद्यालयका विद्यार्थीहरु, पर्यटनसँग आवद्ध समुदाय तथा सर्वधाधारणको बाक्लो उपस्थिति रहेको थियो ।
पर्यटन वर्षलाई लक्षित गर्दै प्रदेश सरकारले मुन्धुम ट्रेल, बहुजातीय संग्राहलय, सांस्कृतिक संग्राहलय, आदि योजनाहरु प्राथमिकताका साथ अगाडि सारेको छ । आन्तरिक र वाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरी देशका एक सय पर्यटकीय स्थलमध्येका प्रदेशमा पर्ने १४ सहित दर्जनौं गन्तव्यहरुको प्रवद्र्धनमा सरकार लागेको मुख्यमन्त्रीले राईले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा भारतीय पर्यटन व्यवसायी राज बसुले नेपालको प्रदेश १ र त्यस पूर्वको भारतीय क्षेत्रलाई विभिन्न पर्यटकीय सर्किट मार्फत जोड्न सकिने बताए । उनले कलकत्ताको कालीघाट आसामको कामक्षा र ताप्लेजुङको पाथिभरालाई धार्मीक सर्किट, पहाडि रेन्जलाई गुराँस सर्किट, रेडपाण्डा सर्किट तथा तराईमा हात्ती सर्किट आदिको माध्यमबाट पर्यटन विकासको सम्भावना रहेकोले योजनावद्ध ढंगले अघि बढ्नु पर्ने बताए ।
कार्यक्रममा गायक सुमित खड्का र प्रश्ना शाक्यले पाहुना हाम्रा देवता हुन् स्वागत गर्छौं मनैले बोलको पर्यटन गीत प्रस्तुत गरि मनोरञ्जन प्रदान गरे । यस्तै धरानस्थित गरिमा डान्स क्लवका कलाकारहरुले साँस्कृतीक नत्य प्रस्तुत गरि थप मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा प्रदेश सरकारले नियुक्त गरेका पर्यटन सद्भावना दुतहरु कामीरिता शेर्पा, पिङ्की राजगरिया, मिङ्मा शेर्पा, दिपाश्री निरौला, मिरा राई, सानु शेर्पा, मिङ्मा ग्याबु शेर्पा छाङ्दावा शेर्पा र राजन अधिकारीलाई विशेष सम्मान गरिएको थियो ।

2020 20203 20201 20202 20204