भेडेटार । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भ्रमण वर्ष २०२० ले नेपाललाई संसारभर चिनाउनका लागि ठूलो अवसरका रूपमा रहेको बताएका छन् ।

आठौं भेडेटार फुड फेस्टिवलको उद्घाटनपछि सम्बोधन गर्दै मुख्यमन्त्री राईले भ्रमण वर्षले आर्थिक समृद्धि र सारा नेपालीको सपना साकार पार्ने बताए । उनले भ्रमण वर्षले आर्थिक समृद्धि र सारा नेपालीको सपना साकार पार्ने बताए ।

उनले भ्रमण वर्षलाई जिम्मेवारी र अवसर दुवै रूपमा लिनुपर्ने बताए । ‘यसलाई अवसर र जिम्मेवारी दुवै रूपमा लिनुपर्छ’–उनले भने । उनले भ्रमण वर्षले पूर्वको पर्यटकीय क्षेत्रहरूलाई चिनाउने ठूलो अवसरका रूपमा रहेको बताए ।

उनले प्रदेश १ मा संसारभरका पर्यटकहरू भिœयाउने लक्ष्य राखेको बताउँदै ५ लाख पर्यटक यो वर्षभित्र भिœयाउने दाबी गरे । उनले प्रदेश १ मा विश्वको अग्लो सगरमाथा र नेपालकै होचो भूभाग केचना रहेको बताए ।