ब्लाष्टखबर । आज (आइतबार) बिहान बसेको नेकपाको सचिवालय बैठकले प्रदेश २ को नाम बागमती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटि तथा प्रदेशसभालाई निर्देशन दिने निर्णय गरेको छ ।

नेकपाको दुइ तिहाइ बहुमत रहेको प्रदेश ३ को प्रदेशसभामा मा नेकपाकै सांसदहरुबीचको विवादले यस अघी प्रदेशको नाम र राजधानीको टुङ्गो लाग्न सकेको थिएन ।
प्रदेशको नाम नेपाल मण्डल, नेवा, ताम्सालिङ र बागमती कुन राख्ने भन्नेमा २ बर्ष देखी टुङ्गो नलागी रहेको अवस्थामा प्रदेश ३ का एक मन्त्रीले प्रदेशको नाम र राजधानीको टुंङ्गो लाग्ने जानकारी पाएको बताएका छन् ।