भोजपुर / नेपाली कांग्रेस भोजपुरले भोजपुर नगर कार्य समिति गठन गरेको छ । काग्रेस भोजपुरले शुक्रवार ७१ सदस्य भोजपुर नगर समिती गठन गरेको हो । नगर समितीको सभापतीमा डम्बर श्रेष्ठ सर्व सम्मत चयन भएका हुन ।

समितिको उप सभापतिमा डिकु राई र पहलमान तामाङ्ग, सचिवमा पुर्ण कार्की, र श्याम कुमार खड्का चयन भएको सभापती श्रेष्ठले बताए । यस्तै सह सचिवमा मोहन राई, मकर बहादुर तामाङ्ग र कोषाध्यक्ष राजेन्द्र नेपाल लगायत ७१ सदस्य नगर कार्य समिति गठन गरिएको सचिव पुर्ण कार्कीले जानकारी दिए ।

संघिय संरचना अनुसार गठित समितिका पदाधिकारीहरुलाई जिल्ला सभापती नन्दमणी राईले सपथ ग्रहण गराएका थिए ।