धरान  / अनन्त समाजवादी पार्टी नेपालले सरकार छाड्ने निर्णय गरेको छ । आज बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरे समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा अध्यक्ष यादव रहेका थिए । यनी यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका थिए । प्रधानमन्त्री केपी ओलीले यादवसँग परामर्श नै नगरि कानुनमन्त्रालयको जिम्मेवारी दिएका थिए । समाजवादीकै कोटाको स्वास्थ्य राज्यमन्त्रीको पद पनि खोसिएको थियो ।
सरकारमा जादा संविधान संशोधनको सहमति भएको यादवले बताएका छन् । सोमबार भएको मन्त्रिपरिषद बैठकमा यादवले संविधान संशोधनको ठाडो प्रस्ताव राखेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई अस्वीकार गरे पछि समाजवादी पार्टी सरकार छाड्ने निर्णयमा पुगेको हो ।
समाजवादीले छाड्दा राजपा सरकारमा जाने संकेत
सरकारले राष्ट्रियसभामा जान राष्ट्रिय जनता पार्टीसँग सहमति गरेको छ । राजपालाई नेकपाले उपसभामुख दिने संकेत देखिएको छ । समाजवादी सरकारवाट बाहिरीए पछि समाजवादीले पाएको सरकारको सिट अव राजपाले पाउन सक्ने नेकपाका एक केन्द्रीय नेताले बताएका छन् । तर राजपाले सरकारमा जाने नजाने विषयमा केही बोलेको छैन् । राजपा र समाजवादीविच पार्टी एकताको हल्ला चले पनि उपनिर्वाचनमा एक्ला एक्लै चुनाव लडेका थिए ।

कानुन मन्त्री र शहरी विकास मन्त्रीले दिए राजीनामा
यसैविच पार्टीमा निर्णय भए लगतै उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो इस्तियाक राइले पदबाट राजीनामा दिएका छन् ।

पार्टी अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको उल्लेख गरेका छन् ।

सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा रानीनामा पत्रमा उल्लेख गरिएको छ ।

upendra rajinama