वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ५ को अध्यक्ष राजु अधिकारीले वडा सचिवलाई कार्यलयमा हाजिर हुन नदिएपछि एक महिनादेखि कार्यलयको काम ठप्प भएको छ ।

नगरपालिकाको वडा नम्बर २ वाट सरुवा भएर वडा सचिवको रुपमा कार्यलय गएका गोपाल शर्मालाई कार्यलयमा हाजिर गर्न नदिएपछि वडाको काम बन्द भएको हो ।

वार्ड अध्यक्ष राजु अधिकारीले सचिवलाई हाजिर हुन नदिएर ५ नम्बर वडावासीले दुःख पाएको भन्दै वडा सचिवलाई ७६ दिन भित्रमा हाजिर गराउँन भन्दै नेपाली कांग्रेस भरौल इकाई समितिले, आइतवार प्रेस विज्ञप्ति जारी गर्दै ७ दिने अल्टिमेटम दिएको छ ।

सचिव गोपाल शर्मा कार्यलयमा हाजिर हुन ५ पटक सम्म आउँदा समेत,वडाध्यक्ष अधिकारीले हाजिर गर्न रोक लगाउनु गम्भिर विषय भएकोे जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यस विषयमा ध्यानाकर्षण पत्र वडा कार्यालयमा बुझाएको नेपाली काङ्ग्रेस भरौल सभापति जगतवहादुर कार्कीले बताए ।

कार्यलयमा हाजिर हुे दिएको लिखित निवेदनसमेत दर्ता गर्न नमानेको भन्दै, निवेदन कार्यलयमा त्यसै छोडेर आएको र यसको बोधार्थ निवेदन नगरपालिकाको कार्यलयमा दिएको वडा सचिव गोपाल शर्माले बताए ।

वडा कार्यलयमा हाजिर हुन नपाएपछि अहिले नगरपालिकामा हाजिर गरिरहेको भन्दै अन्य सानो तिनो काम कसैगरी नपावाट भईरहेको र सबैभन्दा बढि वडाको पंजिकरणको काम प्रभावित भएको सचिव शर्माले बताए ।

हामीले वडाध्यक्षलार्इृ एक हप्ताको अल्टिमेटम दिएका छौं, र सचिव हाजिर नगराए हामी आन्दोलन गर्न समेत पछि नपर्ने सभापति कार्कीले चेतावनी दिए । यस सम्बन्धमा वडाध्यक्ष लाई प्रतिक्रिया लिन फोन गर्दा फोन सम्पर्क हुन सकेन् ।