Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /राष्ट्रिय
राष्ट्रिय

उपसभामुखको राजीनामा गराउँदै नेकपा

ब ब्लाष्ट खबर पुस ४, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
उपसभामुखको राजीनामा गराउँदै नेकपा

ब्लाष्टखबर । प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराएर दुवै पदमा निर्वाचन गराउने प्रस्ताव गरिएको छ ।

संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौ अधिवेशन शुरु हनुअघि आज नयाँ बानेश्वरस्थित संसद् भवनमा सम्पन्न नेकपाको संसदीय दलको बैठकमा दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले उपसभामुख तुम्बाहाङफे राजीनामा दिनुपर्ने र संविधानअनुसार सभामुख र उपसभामुखमध्ये फरक–फरक लिङ्ग र दलबाट प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गर्नुभएको थियो । आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र र शोक प्रस्तावबोहक अन्य कार्यसूचीमा प्रवेश नगर्नुले यही पुस ११ गतेका लागि तोकिएको दास्रो बैठकमा सभामुख निर्वाचनको मिति तोकिने देखिएको छ ।

सभामुख निर्वाचनको मिति तोकिएर उम्मेदवारको मनोनयन हुनुपूर्व उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन पार्टीले निर्देशन दिने स्थिति हुन सक्ने नेकपाका सांसद् शेरबहादुर तामाङले बताउनुभयो । सभामुखको निर्वाचन हुने बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने र सभामुख चयनपछि उपसभामुखको निर्वाचनको कार्यसूची आउनेछ । सांसद् तामाङले भने उपसभामुख तुम्बाहाङफे पदमा निर्वाचित भएपछि पार्टीको सदस्य नरहेकाले सभामुख र उपसभामुखमा फरक–फरक दलको कुरा उनको हकमा लागू नहुने तर्क गरेका छन् ।

संसद् बैठकबाट बाहिरिएका उपनेता नेम्वाङलाई सभामुख पदमा पुनः तपाईँको सम्भावना हो भन्ने प्रश्नमा उनले हाँस्दै ठट्यौली शैलीमा भने, ‘पत्रकारले सबै बनाइसके, त्यसमा मैले हस्ताक्षर गर्ने त होला नि !’ उपसभामुख तुम्बाहाङफेले आफ्नो अनुभव र क्षमताका आधारमा रिक्त सभामुखमा दावी रहने जनाउँदै आएका छन् ।

सभामुख रिक्त भएको हुनाले उपसभामुख तुम्बाहाङफेले आजको अधिवेशन प्रारम्भ भएको घोषणा गरेकी थिइन् । यौन दुव्र्यवहार आरोपमा सभामुखबाट राजिनामा दिएका कृष्णबहादुर महरा अहिले अदालतको आदेशमा अनुसन्धान र पूर्पक्षका लागि थुनामा छन् ।

सभामुख पद रिक्त हुँदा नेपालको संसदीय इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार दलको बैठकमा उपनिर्वाचनको समीक्षा, राष्ट्रिय समसामयिक राजनीति, संसद्मा पार्टीको भूमिका आदि विषयमा छलफल भएको जानकारी दिए ।

उनले सभामुख चयनको प्रक्रिया शुरु भएपछि उम्मेदवार चयनबारे निर्णय लिइने बताए । यही पुस २ गते सत्तारुढ नेकपा र राष्ट्रिय जनता पार्टीबीच आगामी माघ ९ मा हुने राष्ट्रिसभाको निर्वाचनमा चुनावी तालमेल गरेकाले उपसभामुख पद राजपाका उम्मेदवारले पाउन सक्ने आँकलन गरिएको छ ।

आजको दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनमा पार्टीले कतिपय विगतमा जितेका स्थान गुमाउँदा झस्का परेको बताउँदै संसद् बैठकमा पार्टीको भूमिका प्रभावकारी बनाउन निर्देशन दिएका थिए । अध्यक्ष दाहालले अमेरिकी सहयोग कर्पाेरेसन (एमसिसी) हिन्द प्रशान्त रणननीतिसँग नजोडिएको स्थितिमा अमेरिकी सहयोग स्वीकार्य हुने बताए । उनले भारतसँगको लिपुलेक सीमा विवादबारे सरकारले भारतलाई पत्राचार गरेको र त्यसको जवाफ नआएको बैठकमा जानकारी गराएका थिए ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

उदयपुरमा १०४० केजी गाँजा बरामद
असोज २६, २०८३
साझा आवाजदेखि अर्थपूर्ण सहभागितासम्मको चुनौती
असोज २६, २०८३
भरुवा बन्दुकसहित एक जना पक्राउ
असोज २६, २०८३
छापा संस्करण [ePaper]
  1. साझा आवाजदेखि अर्थपूर्ण सहभागितासम्मको चुनौती
    असोज २६, २०८३
  2. भरुवा बन्दुकसहित एक जना पक्राउ
    असोज २६, २०८३
  3. अलैँचीको मूल्य प्रतिमन ८४ हजार
    असोज २६, २०८३
  4. अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च
    असोज २६, २०८३
  5. बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र: नेपाल रेडक्रस
    असोज २६, २०८३
  6. दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
    असोज २६, २०८३
  7. विराटनगरमा सिजीको मल्टीब्रान्ड शोरुम
    असोज २६, २०८३
  8. सर्वस्वीकार्य समाधान खोज
    असोज २६, २०८३
  9. आजको राशिफलः २०८३ साल असोज २६ गते सोमबार
    असोज २६, २०८३
  10. बूढीगण्डकीमा बाढी: पाँच जना बेपत्ता
    असोज २५, २०८३
  11. अन्तर्राष्ट्रिय बालिका दिवसः विपन्न परिवारका किशोरी बालविवाहको जोखिममा
    असोज २५, २०८३
  12. गोरखामा हिमपहिरोपछि बुढीगण्डकीमा बाढी, ६५ छाप्रा क्षतिग्रस्त
    असोज २५, २०८३
  13. भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध
    असोज २५, २०८३
  14. रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
    असोज २५, २०८३
  15. बुढीगण्डकी बाढी: ३६ जनाको उद्धार
    असोज २५, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड