Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • उपसभामुखको राजीनामा गराउँदै नेकपा

उपसभामुखको राजीनामा गराउँदै नेकपा

alt
  • पुस ४, २०७६
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराएर दुवै पदमा निर्वाचन गराउने प्रस्ताव गरिएको छ ।

संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौ अधिवेशन शुरु हनुअघि आज नयाँ बानेश्वरस्थित संसद् भवनमा सम्पन्न नेकपाको संसदीय दलको बैठकमा दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले उपसभामुख तुम्बाहाङफे राजीनामा दिनुपर्ने र संविधानअनुसार सभामुख र उपसभामुखमध्ये फरक–फरक लिङ्ग र दलबाट प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गर्नुभएको थियो । आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र र शोक प्रस्तावबोहक अन्य कार्यसूचीमा प्रवेश नगर्नुले यही पुस ११ गतेका लागि तोकिएको दास्रो बैठकमा सभामुख निर्वाचनको मिति तोकिने देखिएको छ ।

सभामुख निर्वाचनको मिति तोकिएर उम्मेदवारको मनोनयन हुनुपूर्व उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन पार्टीले निर्देशन दिने स्थिति हुन सक्ने नेकपाका सांसद् शेरबहादुर तामाङले बताउनुभयो । सभामुखको निर्वाचन हुने बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने र सभामुख चयनपछि उपसभामुखको निर्वाचनको कार्यसूची आउनेछ । सांसद् तामाङले भने उपसभामुख तुम्बाहाङफे पदमा निर्वाचित भएपछि पार्टीको सदस्य नरहेकाले सभामुख र उपसभामुखमा फरक–फरक दलको कुरा उनको हकमा लागू नहुने तर्क गरेका छन् ।

संसद् बैठकबाट बाहिरिएका उपनेता नेम्वाङलाई सभामुख पदमा पुनः तपाईँको सम्भावना हो भन्ने प्रश्नमा उनले हाँस्दै ठट्यौली शैलीमा भने, ‘पत्रकारले सबै बनाइसके, त्यसमा मैले हस्ताक्षर गर्ने त होला नि !’ उपसभामुख तुम्बाहाङफेले आफ्नो अनुभव र क्षमताका आधारमा रिक्त सभामुखमा दावी रहने जनाउँदै आएका छन् ।

सभामुख रिक्त भएको हुनाले उपसभामुख तुम्बाहाङफेले आजको अधिवेशन प्रारम्भ भएको घोषणा गरेकी थिइन् । यौन दुव्र्यवहार आरोपमा सभामुखबाट राजिनामा दिएका कृष्णबहादुर महरा अहिले अदालतको आदेशमा अनुसन्धान र पूर्पक्षका लागि थुनामा छन् ।

सभामुख पद रिक्त हुँदा नेपालको संसदीय इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार दलको बैठकमा उपनिर्वाचनको समीक्षा, राष्ट्रिय समसामयिक राजनीति, संसद्मा पार्टीको भूमिका आदि विषयमा छलफल भएको जानकारी दिए ।

उनले सभामुख चयनको प्रक्रिया शुरु भएपछि उम्मेदवार चयनबारे निर्णय लिइने बताए । यही पुस २ गते सत्तारुढ नेकपा र राष्ट्रिय जनता पार्टीबीच आगामी माघ ९ मा हुने राष्ट्रिसभाको निर्वाचनमा चुनावी तालमेल गरेकाले उपसभामुख पद राजपाका उम्मेदवारले पाउन सक्ने आँकलन गरिएको छ ।

आजको दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनमा पार्टीले कतिपय विगतमा जितेका स्थान गुमाउँदा झस्का परेको बताउँदै संसद् बैठकमा पार्टीको भूमिका प्रभावकारी बनाउन निर्देशन दिएका थिए । अध्यक्ष दाहालले अमेरिकी सहयोग कर्पाेरेसन (एमसिसी) हिन्द प्रशान्त रणननीतिसँग नजोडिएको स्थितिमा अमेरिकी सहयोग स्वीकार्य हुने बताए । उनले भारतसँगको लिपुलेक सीमा विवादबारे सरकारले भारतलाई पत्राचार गरेको र त्यसको जवाफ नआएको बैठकमा जानकारी गराएका थिए ।

सम्बन्धित समाचार
हरकपुरमा जारी फुटबलमा कीर्तिपुर र शिवालय विजयी

धरान । मोरङको कानेपोखरी गाउँपालिकाको ३ नम्बर वडामा जारी दोस्रो संस्करणको पु ...

सुनसरीका एसपीको नम्बर ह्याक गरी पैसा माग्दै

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ...

दिनेशको हत्या घटनाः रगतले पोतिएको त्यो साँझ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरको चौधरी परिवारमा शनिबार साँझ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२७ दिनदेखि बीपीमा अंशुको शव
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या
ठगी गर्नेलाई सख्त कारबाही गरौँ
आजको राशिफलः २०८२ साल कात्तिक १८ गते मङ्गलबार
मोरङ अदालतको नाममा परिवारको ठगीधन्दा
सुन कारोबारको बहानामा अपहरण गरी हत्या
फरार इनरुवाका वडाध्यक्ष पक्राउ
किसान जहिल्यै मारमा
आजको राशिफलः २०८२ साल कात्तिक १७ गते सोमबार
हर्क साम्पाङको पार्टीले पायो आधिकारिकता
दम्पतीमाथि आक्रमण गर्ने एक पक्राउ
बिर्तामोडमा ९ जना जुवाडे पक्राउ
एक हप्ताअघि बेपत्ता युवकको शव भेटियो
आजको राशिफलः २०८२ साल कात्तिक १६ गते आइतबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved