मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकाले १३ औं दक्षिण एसियाली खेलमा स्वर्ण पदक विजेता र एसियन बडि बिल्डीङ खेलमा रजत पदक विजेता खेलाडीलाईसम्मान गर्ने भएको छ ।
गाउँपालिकाले १३ औं दक्षिण एसियाली खेलमा तेक्वान्दो तर्फ ८७ केजी समुहमा स्वर्ण पदक विजेता मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ७ निवासी भुपेन श्रेष्ठ र एसियन बडि बिल्डीङ खेलमा महिला तर्फ रजत पदक विजेता मिक्लाजुङ वडा नं. ९ निवासी रजनी श्रेष्ठलाई सम्मान गर्ने भएको हो ।

पुस ६ गते आइतबार स्वर्ण र रजत पदक बिजेतालाई मधुमल्लामा अबिर जात्रा सहित नगरपरिक्रमा र स्वागत कार्यक्रम मधुमल्ला पार्टी प्यालेसमा गरीने भएको छ ।
साथै स्वर्ण र रजत पदक बिजेतालाई नगद र प्रमाण–पत्रले सम्मान गरिने छ । खेलाडीहरुले खेलकुदको माध्यमबाट मिक्लाजुङ गाउँपालिका तथा सिङ्गो राष्ट्रको प्रतिष्ठा उच्च राख्न पुर्याएको योगदनाको कदर गर्दै गाउँपालिकाले सम्मान कार्यक्रमको आयोजना गरेको मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष तथा खेलकुद विकास समिति संयोजक सरला राइले बताइन ।

सम्मान कार्यक्रममा मिक्लाजुङ गाउँपालिका, मिक्लाजुङका राजनैतिकदलहरु, संघ संस्थाहरु,युवा क्लबहरु, विद्यालय प्रतिनिधीहरु लगायतको उल्लेख्य सहभागित रहने बताइएको छ ।